धादिङमा बस दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु , एक जना गम्भीर घाइते

धादिङ – धादिङको थाक्रे गाउँपालिका–१, खयरघारीमा दुईवटा बस ठोक्किँदा एक जनाको ज्यान गएको छ ।
सुनौलीबाट काठमाण्डौ आइरहेको बा १ प १३६३ नम्बरको पर्यटक बोकेको बस र काठमाण्डौबाट गल्छी हुँदै रसुवा जाँदै गरेको ना ५ ख ८०६८ नम्बरको कन्टेनर एकआपसमा ठोक्किँदा पर्यटक बोकेको बस महेश खोलामा खसेको हो ।
दुर्घटनामा बा १ प १३६३ नम्बर बसका चालक लमजुङका हरि न्याैपानेको ज्यान गएको धादिङका प्रहरी उपरीक्षक राजकुमार वैदवारले उज्यालोलाई जानकारी दिनुभयो । बसमा चालकसहित १६ जना रहेकाे प्रहरीले जनाएकाे छ ।
घाइतेहरुमध्ये ८ जना गम्भीर घाइतेलाई काठमाण्डौ रिफर गरिएकाे प्रहरीले जनाएकाे छ । उज्यालोअनलाइन बाट

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *