मुग्लिन सडकखण्ड भोलिदेखि १४ दिनसम्म दैनिक ९ घण्टा बन्द हुने

काठमाण्डौ – पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन सडकखण्डमा बिहीबारदेखि १४ दिनसम्म दैनिक ९ घण्टा गाडी चलाउन रोक लगाउने तयारी छ ।
चितवन र तनहुँ जोड्ने मुग्लिनमा निर्माण भैरहेको पुलको दुवै तर्फको सडक सतहमा टेवा पर्खाल लगाउने तथा सडक कालोपत्रे गर्नुपर्ने भएकाले दिउँसो ४ घण्टा र राति ५ घण्टा बाटो बन्द गर्न लागिएको पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर दुईले जनाएको छ ।
सेक्टरका अनुसारका भोलिदेखि आउँदो ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ९ बजेदेखि २ बजेसम्म बाटो बन्द गर्न लागिएको हो यो बाटो बन्द हुँदा गण्डकी प्रदेश जाने यात्रुलाई समस्या भए पनि नारायणगढ मुग्लिन सडकखण्डमा भने यसको असर नपर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
मुख्य बाटो बन्द हुँदा नारायणगढ मुग्लिन सडकखण्ड हुँदै चल्ने गाडी चापमा चल्नुपर्नेछ । गोरखाको ग्रामिण भेगमा जान सकिए पनि अरु ठाउँमा भने पूर्ण रुपमा रोक लगाइने प्रहरीले जनाएको छ । उज्यालोअनलाइन बाट

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *