सकिए दलालका दिन : अब घरमै बसेर सरकारी अनलाईनबाट आफै काम रोजेर विदेश जान सकिने !

काठमाडौ । नेपालको बढ्दो बेरोजगारीले अहिले पनि कामका लागि विदेश जाने नेपालीहरुको संख्या बढ्दो छ । योबीचमा कामा लागि विदेश जाने क्रममा धेरै व्यक्तिहरु ठगिने गरेका छन् ।के तपाईँ विदेश जाने सोचमा हुनुहुन्छ ? विदेशमा पाइने कामको बारेमा बुझ्न चाहनुहुन्छ ? अबदेखि कामका लागि कुनै दलाललाई सोध्नु नपर्ने भएको छ ।अब घरमै बसेर विदेशमा पाइने कामको बारेमा जानकारी लिन सकिने भएको छ ।अनलाइनमार्फत आफूले गर्न चाहेको कामको बारेमा कुन देशबाट ‘डिमाण्ड’ आएको छ र सेवासुविधा कस्तो छ भनेर बुझन सकिने भएको हो ।
वैदेशिक रोजगार विभागले कामदारको मागबारे अनलाइनबाटै जानकारी लिन सक्ने प्रविधिको विकास गरेको जानकारी दिएको छ ।विभागका महानिर्देशक भिष्मकुमार भुषालले अनलाईनबाट नै कुन देशका कुन कम्पनीमा कस्ता कामका लागि माग आएका छन् भन्ने जानकारी अब विभागको अनलाइन मा हेर्न सकिने जानकारी दिनुभयो ।यो विकाससँगै अब कामदारले विदेशमा पाइने कामको बारेमा एजेण्ट वा म्यानपावरको झुटो आश्वासनमा फस्न नपर्ने विश्वास गरिएको छ । उहाँले सबैलाई सचेत हुन आग्रह गर्दै भन्नुभयो, ‘अब जान चाहेको काम, पाइने सेवा सुविधा लगायतको जानकारी वेवसाइटबाटै लिन सकिन्छ, त्यसैले अब दलाल र म्यानपावरको झुटमा नफस्नुहोला
आफ्नो इच्छाको काम, दाम र त्यो काम पाइने ठाउँसँगै नेपालबाट त्यो काममा पठाउने म्यानपावर कम्पनीको बारेमा समेत जानकारी लिन सकिने महानिर्देशक भुषालले जानकारी दिनुभयो । सबैको जानकारीका लागि सेयर गरिदिनुहोला । यो ववसाईटमा क्लिक गरेर सबै जानकारी लिनुहोस् । http://dofe.gov.np/

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *