बालक अपहरण गरी हत्या गर्ने अपराधीलाई प्रहरीले गोली हानि समात्यो।

वीरगञ्जका ८ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ ।
यहि गए शुक्रबार अपहरणमा परेका वीरगञ्ज महानगरपालिका–३ प्रगति नगरका शम्भु साहका ८ वर्षीय छोरा करण साहको हत्या भएको छ ।
अपहरणमा परेका बालकको शव कलैया उपमहानगरपालिका–२५ को खौरहीस्थित खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालयले प्रहरीले पुष्टि गरेको छ ।
शुक्रबार बिहान अपहरणमा परेका बालकको केही क्षणमै हत्या भएको प्रहरीले जनाएको छ । अपहरण र हत्यामा संलग्न तीन जनालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा विकास शर्मा, सिकिन्द्र साह र राम दिनेश महतो रहेको प्रहरीले जनाएको छ । उनीहरुको कम्मरमुनि गोली लागेको छ ।
शर्मा भारतीय नागरिक हुन् । शर्मा शम्भुको घरनजिकै डेरा गरी बस्दै आएका थिए । उनैले अपहरणको योजना बनाएको प्रहरीको दावी छ । अपहरणपछि उनीहरुले ३० लाख फिरौती मागेको बालकका परिवारले त्यति धेरै पैसा नभएको भनेपछि ५ लाखमा सहमति गरेका थिए ।
काठमान्डौ , अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर -६ सुपाखोलामा अवस्थित पश्चिमाञ्चलकै एक प्रसिद्ध धार्मिक स्थल सुपादेउराली मन्दिर नजिकै भे.१ च.१४६१ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ ।दाङ बाट सुपा देउराली दर्शन गर्न भनि भक्तजनहरु लिएर आएको भे.१ च. १४६१ बोलेरो जिपको एक्कासि ब्रेक फेल हुदा मन्दिर नजिकै रहेको शौचालयमा ठोक्किन पुग्दा दुर्घटना हुन् पुगेको हो ।दुर्घटनामा मानवीय क्षति भने केहि भएको छैन तर बोलेरो जिपको अघिको भागमा हल्का क्षति हुन् पुगेको छ ।
दुर्घटना हुने बोलेरोले शौचालयमा लगेर गाडी ठोक्दा शौचालयको ढोका पूर्ण रुपले खोल्न नसक्ने अवस्थामा पुग्दा शौचालय गर्न गएका एकजना दर्शालुलाइ २० मिनेट पछी बाहिर निकालिएको थियो ।दुर्घना हुने बोलेरो जिप चालकले मन्दिर नजिकै रहेको शौचालयमा गाडी नठोकेको भए उक्त बोलेरो सुपाखोलामा खस्ने सम्भावना रहेको र ठुलो मानवीय क्षति हुन् पुग्ने प्रतक्ष्यदर्शीको भनाइ रहेको छ ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *