काठमाडौँमा रुम-फल्याट खालि छ भन्दै फेसबुकबाट ठगी गर्दै आएका एक व्यक्ति पक्राउ

काठमाडौँ – राजधानी उपत्यकामा रुम तथा फल्याटहरु खाली छन् भनि प्रचार गरेर ठगी गर्दै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
फेसबुकमा पेज खोलेर काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुमा रुम तथा फल्याटहरु खाली छन् भन्दै प्रचार गरेर रकम ठग्ने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भोजपुर साल्पा सिलिछो गाउँपालिका वडा नं ९ कुलुङ घर भई हाल जुम्ला चन्दननाथ नगरपालिका वडा नं ४ खलंगा बस्ने २६ वर्षीय रामचन्द्र भट्टराई रहेका छन्।
पक्राउ परेका भट्टराईले “Room and flat on rent in kathmandu” भन्ने फेसबुक पेज खोलेका थिए। जसमा उनले काठमाण्डौं उपत्यकाका बिभिन्न मुख्य स्थानहरुमा रुम तथा फल्याटहरु खाली छन् भनि प्रचार गर्ने गर्थे।
रुम तथा फल्याट हेर्नु अगाडी १५००।- देखी ४,०००।- सम्म सेवा शुल्क लाग्छ भन्दै भट्टराईले आफ्नो IME pay Wallet र esewa ID मा जम्मा गर्न लगाएर ठगी गर्ने गरेका थिए।
निजले उपत्यकाका बिभीन्न स्थानहरुमा हाल सम्म करिब २५० भन्दा बढी ब्यक्तीहरुबाट IME pay Wallet र esewa ID मा रकम जम्मा गराउन लगाई अन्य ब्यक्तीहरुको कागजपत्रहरु अनाधिकृत रुपमा दुरुपयोग गरि खोलिएको बिभिन्न बैंकखाताबाट रकम निकाल्ने खुल्न आएको प्रहरीले जनाएको छ।
पक्राउ परेका भट्टराईको साथबाट प्रहरीले विभिन्न बैंकका ATM कार्ड, चेकबुक, ल्यापटप लगायतका सामग्री समेत बरामद गरेको छ। प्रहरीले बरामद गरेका वस्तुहरु निम्न छन्।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *