लागुऔषध कोकिनका २४६ प्याकेट निलेका जापानी यात्रीको विमानमै मृत्यु

एजेन्सी । मेक्सिको सिटीबाट उडेको एक जहाजमा सवार एक जापानी व्यक्तिको मृत्यु भएको छ । मेक्सिको अधिकारीका अनुसार ती व्यक्तिले २४६ थैली कोकिन निलेपछि उनको मृत्यु भएको थियो । विमान जापानको नारिता अन्तराष्ट्रिय विमानस्थलको लागि उडेको थियो । कोकिनको असरले व्यक्ति जहाज उडेको केही पछिनै बेस्कन काम्न थालेका थिए ।
त्यस पछि विमान मेक्सिकाको सोनोरा राज्यमा आकस्मिक अवतरण गराइएको थियो । अधिकारीका अनुसार यूडो एन नामले परिचित ती व्यक्तिमा ड्रग्सको अत्यधिक डोजको कारण हुने सेरेर्बल इडेमा भएको थियो । त्यसैले उनको मृत्यु भयो । व्यक्ति कोलम्बियाको राजधानी बोगोटोको यात्रा गरेर फर्किएका थिए ।
सोनोराको सरकारी अधिवक्ताले जारी गरेको विज्ञप्ती अनुसार थैली २.५ सेन्टीमिटर लम्बाई र १ सेन्टिमिटर चौडाईका थिए । पोष्टमार्टमका क्रममा उनको पेट र आन्द्रामा ती थैली भेटिएका थियो । युडोलाई जहाजबाट निकालेपछि १९८ यात्रु सवार जहाज आफ्नो गन्तव्य तर्फ उडेको थियो । घटनाको अनुसन्धानको जिम्मवारी मेक्सिकोको संघीय अधिकारीहरुले लिएका छन् ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *