राजनीतिमा खासै अनुभव नभएको चंद्राणी बनिन् भारतकी सबैभन्दा कान्छी सांसद

काठमाडौंः भारतमा सम्पन्न लोकसभा चुनावमा अहिलेसम्मकै सबैभन्दा कान्छी सांसदको रुपमा चंद्राणी मुर्मूले जितेकी छन् ।
२०१९ सबैभन्दा बढी महिला सांसद चुनिएको र सबैभन्दा कान्छी सांसदको रुपमा २५ वर्षीय चंद्राणीले जित दर्ता गर्न सफल भएकी हुन्।
उडिसाको केझार लोकसभा सीटमा जनता दलबाट चुनाव लडेकी उनको राजनीतिमा खासै अनुभव नभएको र आदिवासीको महिला रहेको भारतीय संचारमाध्यमहरुले बताएका छन् ।
२०१७ मा भुवनेश्वरबाट इन्जिनियरिङ्ग पढेकी उनी नोकरीको खोजीमा रहेको समयमा पार्टीले टिकट दिने निर्णय गरेको र उनले पनि स्वीकर गरेपछि उमेद्वार बनेकी थिईन् ।
यसैबीच भारतीय लोकसभामा सबैभन्दा बढी उमेरमा ७४ वर्षीय प्रिनीत कौर रहेकी छन् ।
यो पनि पढ्नुस
मज्जाले हाँस्नुका १० फाइदा यस्ताे छ
काठमाडौं । आज २१ औं विश्व हाँसो दिवस । यसको ईतिहाँस लामो नभएपनि यसलाइ बिशेष गरी मन खोलेर हाँस्ने दिन मानिन्छ । पछिल्लो केही वर्षबाट नेपालमा पनि यो दिवसस मनाईँदै आएको छ ।
सन १९९८ मा भारतका एक वरिष्ठ डाक्टरको पहलमा मनाइन थालिएको या दिवसलाई मे महिनाको पहिलो आईतबार मनाईने गरिन्छ । हाँसोको माध्यमबाट विश्वमा शान्ति फैल्याउन सकिने तथा विश्व मानवमा मित्रताको भावा व्यक्त गर्न सकिने उदेश्यले यो दिवस मनाउन थालिएको जानकारहरु बताउँछन् ।
यदी मन खोलेर हाँसे मानसिक तनाव साथै शारिरिक रुपमा पनि स्वास्थ्य रहन सकिने विज्ञहरुको भनाइ छ । दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले ४० क्यालोरीसम्म घटाउन सकिने डाक्टहरू बताउछन् ।
डाक्टहरूकाे अनुसार वर्षभरि दैनिक १० देखि १५ मिनेटसम्म हाँस्याे भने तीनदेखि ४ पाउण्डसम्म तौल घट्छ । हाँस्ने बानीले विना तनाव कुनै पनि प्रकारका अप्ठेरोसंग जुध्ने क्षमतामा वृद्धि गर्छ जो मानिसमा हाँसोको भावना हुन्छ, ऊ नहाँस्ने मानिसभन्दा बढी समयसम्म बाच्ने गरेको बिभिन्न अध्ययनले देखाएका छन ।
धेरै स्ट्रेस हर्मोन आउनदेखि रोक्न पनि हाँसोले काम गर्छ । कसरी भने, हाँस्दा एन्डोर्फिन्स रिलिज हुन्छ, यो साकारात्मक हर्मोन हो । निरन्तर हाँसिरहने मानिसमा एन्डोर्फिन्स बढी निस्कन्छ, जसले स्ट्रेस हर्मोनलाई कम गर्छ र दुःख–चिन्ता कम हुन्छ ।
हाँसोको विज्ञानलाई’ गेलोटोलजी’ भनिन्छ । हाँसोले शरीर र मनमा पार्ने प्रभावबारे अध्ययन गर्ने विज्ञान नै ‘गेलोटोलजी’ हो । तर, हाम्रो समाजमा हाँसोलाई त्यति cartoon-drawing- महत्त्व पनि दिइँदैन । हाम्रोमा परम्परागत रुपमा नै ‘हाँस्यो कि नास्यो’ भन्ने अवधारणा पनि छ ।
अब यसको लाभ पक्ष हेर्दै यसलाई लाई सम्पादन गरेर’’हांस्यो कि रोग नास्यो ‘’ बनाउनु पर्ने भएको छ । हाम्रोमा गम्भीर प्रकृतिका मानिस वा भद्रभलादमीहरू खासै हाँस्दैनन् । हाम्रोमा कि त केटाकेटी हाँस्छन्, कि त महिलाहरू हाँस्छन्, या त गम्भीर नहुनेहरू हाँस्छन् भन्ने अवधारणा रहँदै आएको छ ।
समाजका प्रतिष्ठित विल्ला लागेकाहरू नहाँस्ने, परिवारमा ठूलाबडानहाँस्ने भएपछि हाँसोले महत्त्व पाउने भन्ने भएन । तर अनुसन्धानले देखाएको छ कि हाँसोले भौतिक , मानसिक, सामाजिक र आर्थिक लाभ दिलाउंछ । यसबारे धेरै अध्ययन भइसकेको छ, अझै पनि हुँदै छ ।
विज्ञहरुका अनुसार हाँस्नुका फाइदा यस्ता छन्-
१. अध्ययन अनुसार मुस्कुराहटले मानिसको मुटुको चाल वा धड्कनलाई सन्तुलित बनाउन मद्दत गर्छ । हाँसिरहने मानिसको आयु खासै हँसमुख नहुनेको भन्दा ६ वर्ष बढ्ने बताइएकेा छ ।
२. तनावलाई कम गर्नमा मुस्कुराउने वा हाँस्ने कामले उर्जावर्धक चिजको काम गर्छ । मुस्कुराउँदा सरीरमा एन्डोफिर्न हर्मोन उत्सर्जन हुन्छ जसले तनाव कम गर्नुका साथै मूडलाई समेत रिल्याक्स बनाउँछ ।
३. दुखाइ कम गर्नका लागि समेत हास्नु मुस्कुराउनु निकै लाभदायक हुन्छ । हाँसोले सरीरमा खुसीको अनुभुति गराउने हर्मोन बढाउँछ जसका कारण सकारात्मक सोँच बढ्नुका साथै दुखाइ पनि कम हुन्छ ।
४. हाँसो तथा मुस्कानले सरीरमा रोगप्रतिरोधी क्षमता समेत बढाउँछ । यसले व्यक्तिको मनोवैज्ञानिक उर्जालाई समेत प्रवर्द्धन गर्दछ । रोगप्रतिरोधी प्रणालीलाई सक्रिय बनाउनका लागि सरीरमा टी कोषहरु हुन्छन् । हाँसेको बेला सरीरका टी कोषहरु सक्रिय हुन्छन् । त्यसैले हाँस्ने कामले जिउको रोगप्रतिरोधी क्षमता बढाउँछ ।
५. कम रक्तचाप भएका मानिसहरुका लागि समेत हाँसो तथा मुस्कान आवश्यक हुन्छ । हाँसोले रक्तचाप सन्तुलनमा सहयोग पूराउनुका साथै हृदयाघातको जोखिम समेत घटाउँछ ।
६. हाँसो केवल मुटु तथा मस्तिष्कका लागि मात्र होइन मांसपेशीका लागि समेत फाइदाजनक हुन्छ । जब तपाइँ हास्नुहुन्छ पेटको मांशपेशीहरु फैलिन्छन् र एकअर्काको बढि सम्पर्कमा आउँछन्, व्यायामका बेलामा जस्तै । तसर्थ मांशपेशीको तन्दुरुस्तीका लागि समेत व्यायामसँगै हाँस्ने थेरापी उपयोग गर्नु निकै लाभदायक हुन्छ ।
७. हाँसोले मानिसको सरीरमा सकारात्मक उर्जाको विकाश गर्ने तथा विभिन्न समस्या सँग जुध्ने वा समस्याको समाधान गर्ने विवेक प्रदान गर्न समेत सहयोग गर्दछ ।
८. जिवनमा उत्साह तथा जोश भर्न, तनाव तथा डरबाट मुक्ति, मूडलाई ठीक राख्न र जिउमा लचिलोपन ल्याउनका लागि समेत उन्मुक्त हाँसो आवश्यक हुन्छ ।
९. हाँसोका सामाजिक लाभ पनि हुन्छन् । यसले आपसी सम्बन्ध मजबुत बनाउन सहयोग पूराउँछ । हँसिलो मानिस अरुलाई आफुतर्फ आकषिर्त गर्न सफल हुन्छ ।
१०. हाँसो तथा मुस्कानले मानिसलाई नेतृत्व तथा समुहकार्यका लागि समेत सफल बनाउँछ । हँसिलो मानिसमा टिमवर्क तथा नेतृत्वदायी क्षमता बढि हुन्छ । त्यस्तै अरु मानिसलाई आफ्नो सम्बन्धमा टिकाउन समेत हँसिलो अनुहारवाला मानिसहरु सफल हुन्छन् ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *