सरकार गिराउन कांग्रेस लगायत विपक्षीको इशारामा विप्लवको हिंसात्मक गतिबिधिः करिष्मा मानन्धर

१३ जेठ, काठमाडाैँ । तत्कालीन नयाँ शक्ति पार्टीकी नेतृ समेत रहेकी करिष्मा मानन्धरले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको गतिबिधिप्रति चर्को असन्तुष्टि व्यक्त गरेकी छिन । सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक टिप्पणी गर्दै नायिक मानन्धरले विपक्षी दलहरूको इशारामा सरकार गिराउने कामका निम्ति हिंसात्मक गतिबिधि गरेको अारोप लगाएकी छिन ।
उनले नेपाली कांग्रेसको नाम नलिइकनै भनेकी छिन ‘बिप्लव वदिको पक्ष लिएर देश र जनताकोलागि भन्ने सुद्द भावना लिएर आत्मघाती बम लिएर हिड्ने दाजुभाइहरु लाई के भन्न चाहान्छु भने, हजुरहरुको नेता जानेर हो या नजानेर ! अहिलेको सरकार गिराउन विपक्षीको खेलको साँचो भाइरहनु भयेको छ ( जुन बाहिरी शक्तिको स्वर्थ बाट संचालित छन )’ कांग्रेसले सरकारविरूद्ध सडक र सदनमा अनेक रूपमा संघर्ष गरिरहेको र केही समयअघि खुलेर विप्लवको पक्षमा कांग्रेस नेताहरूले दिएको अभिव्यक्तिको समिक्षामा करिष्माले विप्लवको अहिलेको गतिबिधि नेपाली कांग्रेसको इशारामा भैरहेको बतएकी हुन

उनले कुनै व्यक्ति वा समूहको स्वार्थका लागि नागरिकलाई दुःख दिने काम गर्नु जनताप्रतिको बेइमानी भएको बताएकी छिन । नायिक मानन्धरले जनतालाई शान्ति सुरक्षा दिने मुख्य दायित्वबाट सरकार पछि हट्न नहुने भन्दै उनले परिस्थितिलाई जटिल बनाएर आतंक सिर्जना गर्न नहुने बताएकी छिन ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *