पाँचथर हत्याकाण्डमा बाच्न सफल सीताअझै नयाँ मान्छे देखेसी डराउछिन यस्तो छ उनको अवस्था

पाँचथर आरुबोटेको कहालीलाग्दो हत्याकाण्डमा भागेर बाँचेकी १३ वर्षीया सीता खजुम नयाँ मान्छे देख्दा डराउँछिन्  आफ्ना कुरा राम्ररी भन्न सकिरहेकी छैनन् । पाँचथरको मिक्लाजुङ ३ आरुबोटेमा सोमबार राति भएको कहालिलाग्दो घटनाको एक मात्र प्रत्यक्षदर्शी उनलाई चिकित्सकले मनोपरामर्श गरिरहेका छन्  उनलाई सहज हुने गरी परामर्शमार्फत उपचार गरिरहेका छौ वरिष्ठ फिजिसियन डा.मुक्ति भट्टराईले भने मानसिक रूपमा उक्त घटना भुलाउने प्रयास गरिरहेका छौ उनलाई शारीरिकभन्दा मानसिक असर बढी परेको भट्टराईले बताए  भट्टराईका अनुसार उनको दायाँ
हातको कुइनामा चोट छ घरबाट भाग्ने क्रममा चिप्लिएर लडदा चोट लागेको हो  घाउमा चार टाँका लगाइएको छ । उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा.मनोज शाहले सीतालाई लामो समयसम्म मनोपरामर्श आवश्यक रहेको बताए  शारीरिक चोट ठूलो नभएकाले औषधिभन्दा बढी मनोपरामर्शमा जोड दिएका छौ उनले भने हामीबाट हुनेसम्मको परामर्श गरिरहेका छौ मनोपरामर्शका कारण सीताको शारीरिक एवं मानसिक अवस्थामा सुधार आएको
उनले जनाए  सीतालाई मंगलबार अपराह्न ४ बजेदेखि अस्पतालमा राखिएको हो । कडा सुरक्षाबीच उनको उपचार भइरहेको दमकका डीएसपी श्यामल सुब्बाले बताए । घटना भएको दिनदेखि सीताले नजिकका आफन्तलाई भेट्न पाएकी छैनन् मावली घरमा बस्दै आएकी उनका ९ जना आफन्तको
सोमबार राति हत्या भएको थियो सीताकी आमा बुद्धिमाया फियाक दोस्रो विवाह गरी दमकमै बस्छिन् घटनाको खबर पाएलगत्तै बुद्धिमाया मंगलबारै माइती घर आरुबोटे पुगेकी छन् । आमा आरुबोटे पुग्दा सीतालाई स्थानीयले दमक ल्याइसकेका थिए  ‘त्यति ठूलो घटना भएदेखि सीता नजिकका आफन्तसँग बस्न पाएकी छैनन्, त्यसकारण उनले आफूलाई सहज महसुस गर्न सकिरहेकी छैनन् डा शाहले भने प्रहरीले पनि उनीसँग कुराकानीकै आधारमा अनुसन्धान
गरिरहेको छ  अस्पतालमा आएका मानिसले उनको फोटो खिच्ने, उनलाई देखाएर कुरा गर्ने गरेकाले पनि सीताको मानसिक असर कम गर्न गाह्रो भइरहेको चिकित्सकले बताए ।अस्पतालमा उनलाई भेट्न प्रहरीका उच्च व्यक्तिहरू मन्त्री सांसद नेता स्थानीय जनप्रतिनिधि सामाजिक संघसंस्थाका व्यक्तिहरू नियमित पुग्ने गरेका छन्  सीताले सहज महसुस गर्ने एकजना महिला प्रहरी २४ सै घण्टा साथमा राखेको डीएसपी सुब्बाले बताए दमककी उपमेयर गीता अधिकारी र म बहिनीलाई भेट्न गएका थियौं, उनी हामीसँग केही बोलिनन्,’ सामाजिक अगुवा महिला वसन्तलक्ष्मी उदासले भनिन्, ‘एक्लै बसेर न्यास्रो लागेकाले आफू पढ्ने कक्षा ९ को किताब ल्याइदिनआग्रह गरिन् ।’शुक्रबार प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङबोले बालिकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनी शारीरिक एवं मानसिक रूपमा स्वस्थ नभएसम्म सबैखाले उपचार गर्न चिकित्सकसँग आग्रह गरेका छन्  टाईम्स अफ नेपालीबाट ठेकेदार रामबाबुले
थोरैमा काम सकिएको भन्दै राज्यलाई फिर्ता गरे ४० लाख रामेछाप निर्माण व्यवसायीको रवैयाले छवि नै धुमिल बनिरहेका बेला रामेछापका एक निर्माण व्यवसायीले भने नमूना काम गरेर देखाएका छन् अधिकांश आयोजनामा निर्माण अवधि र लागत थप गर्ने गरिए पनि ती निर्माण व्यवसायीले तोकिएको समय अगावै थोरै लागतमा आयोजनाको काम फत्ते गरेका छन् रामेछाप सदरमुकाम मन्थलीका सात सरकारी भवन तोकिएको समयमा सम्झौताभन्दा कम लागतमै निर्माण भएका हुन् भूकम्पबाट क्षतिग्रस्त भवनको पुणर्निर्माण गर्ने निर्माण व्यवसायीले कम रकममा निर्माण सकाएर राज्यकोषमा ४० लाख रुपैयाँ जम्मा गरिदिएका छन् यस्तो नमूना काम गर्ने निर्माण कम्पनी हो– सुनकोसीर खानीर थोदुङ जेभी र सञ्चालक हुन् रामबाबु घिमिरे घिमिरेको निर्माण कम्पनीले जिल्लाको ३ सरकारी भवन निर्माणको जिम्मा लिएको थियो त्यसको लागत रकम थियो १३ करोड ८ लाख ५७ हजार ६ सय ४५ रुपैयाँ तर
घिमिरेले लागत भन्दा कम रकममा नै निर्माण सम्पन्न गरिदिए त्यो पनि निर्धारित समयमा नै ।१३ करोड ८ लाख ५७ हजार ६ सय ४५ रुपैयाँमा लिएको ठेक्का १२ करोड ६८ लाख ७१ हजार आठ सय बत्तीस रुपैयाँमै सम्पन्न भएको निर्माण व्यवसायी घिमिरेले बताए तोकिएभन्दा कम लागतमा नै काम सकिएपछि आफूले बढी रकम सरकारलाई नै फिर्ता घिमिरेले
सुनाए घिमिरेको उदाहरणीय कामबाट राज्यको ३९ लाख ८५ हजार ८ सय १३ रुपैयाँ बचेको छ । खानेपानी डिभिजन कार्यालयको भवन निर्माणको लागि ४ करोड ६७ लाख ६२ हजार ६ सय ८२ रुपैयाँ शहरी विकास फिल्ड कार्यालय भवनको लागि ५ करोड ७६ लाख ७२ हजार १ साय ४ रुपैयाँ र प्रमुख जिल्ला अधिकारी आवास भवको लागि २ करोड २४ लाख ३७ हजार ४४ रुपैयाँ रकम खर्च भएको कम्पनीले जनाएको छ राष्ट्रिय पुणर्निर्माण प्राधिकरणबाट भूकम्पपछिको
पुणर्निर्माणको लागि एसियाली विकास बैंकको ८८ प्रतिशत र नेपाल सरकारको १२ प्रतिशत साझेदारी कार्यक्रमको लगानीमा ती भवनहरु निर्माण भएको हो निर्माण सम्पन्न भवनहरु कार्यालय प्रयोजन आवास क्यान्टिनग्यारेज र फर्निचरको सुविधा सहित अपाङ्ग मैत्री छन् निर्माण सम्पन्न भएका भवनहरु राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई ९भवन० रामेछापका आयोजना प्रमुख प्रभाकरलाल कर्णले सम्बन्धित कार्यालयका कार्यालय प्रमुखलाई हस्तान्तरण गरेका

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *