देखने बितिकै शक्तिशालि नाग देबको दर्शन गरि कमेन्टमा ॐ लेख्दै आजको राशिफल हेर्नुहोस !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बाह्रौं भावमा चन्द्रमा भएकोले आर्थिक सङ्कटको सम्भावना छ । अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना पनि छ । विवाद, मुद्दामामिला र प्रतिस्पर्धाबाट सामान्य फाइदा लिन सकिने छ । अनावश्यक खर्च र नोक्सानीलाई नियन्त्रण गर्न सकिने छ । भविष्यप्रति घोत्लिन मन लाग्नेछ । दीर्घकालिक फाइदाका लागि केही काम हुन सक्छन् । खर्चको मात्र बढे पनि सोचेको काम बन्नेछ । व्यवसायमा थप लगानी गर्ने परिस्थिति बन्नेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । घरसल्लाहमा समझदारी नभए पनि दाम्पत्य सम्बन्ध झन् बलियो भएर जानेछ ।
शुभरङ्ग : गाढा पहेंलो वा बुट्टे शुभअङ्क : ८ शुभदिशा : उत्तर इष्टदेवता : कालभैरव अशुभ रङ्ग : हरियो÷चम्किलो अशुभ अङ्क : ७ अशुभ दिशा : पश्चिम कार्यसिद्धि मन्त्र : ॐ कें केतवे नमः न्यूनतम जापसङ्ख्या : १९ के गर्ने : दीर्घकालीन प्रतिफल आउने पक्षको लगानी के नगर्ने : याचकको अपमान
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज जुनसुकै काममा प्रयत्न र लगनशीलताको खाँचो हुनेछ, त्यसैले गर्न खोज्दा उपलब्धी नै हासिल हुने दिन छ । परिस्थितिले निष्क्रिय बनाउन सक्छ । श्रमको उचित मूल्य नमिल्न सक्छ । आम्दानी राम्रै भए पनि अर्थ संग्रहमा केही बाधा पुग्ने समय छ । कृषि, पशुपालन तथा व्यापारमा सामान्य फाइदै हुनेछ । गरेका कामबाट पनि सामान्य लाभ भइरहनेछ । आम्दानीको अनुपातमा खर्चको मात्रा बढी हुने समय छ । त्यस्तै लगानीको तुलनामा कममात्र प्रतिफल हातलागी हुनसक्छ । प्रयत्न गर्दा दिगो फाइदा उठाउन सकिनेछ । ऋणमोचन हुने समय छ । अवसर आउने छ, सचेत रहँदा राम्रो लाभ लिन सकिने दिन छ ।
शुभरङ्ग : सेतो वा सुन्तले शुभअङ्क : ७ शुभदिशा : पश्चिम इष्टदेवता : शिवजी अशुभ रङ्ग : घिउरङ्ग÷बैजनी अशुभ अङ्क : ६ अशुभ दिशा : दक्षिण कार्यसिद्धि मन्त्र : ॐ नमः शिवाय न्यूनतम जापसङ्ख्या : २३ के गर्ने : रचनात्मकता र सिर्जनात्मकतामा जोड दिने के नगर्ने : अनावश्यक नियन्त्रण र निर्देशन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । काममा मान्यजनको सहयोग प्राप्त हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा राम्रो फाइदा छ, अहिलेको लगानीले दीर्घकालमा फाइदा पुग्नेछ । ज्ञान र बुद्धिको क्षेत्रका सफल भइने छ । हाकिम, गुरुवर्ग वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । दूरगामी भविष्यप्रति लक्षित लगानी गरेमा पछि राम्रो फाइदा आर्जन गर्न सकिने छ । श्रमको समुचित मूल्याङ्कन हुनेछ । घरायसी सम्बन्ध सुदृढ बन्नेछ ।
शुभरङ्ग : नीलो शुभअङ्क : ६ शुभदिशा : दक्षिण इष्टदेवता : भोलेशङ्कर अशुभ रङ्ग : कलेजी अशुभ अङ्क : ५ अशुभ दिशा : पूर्व कार्यसिद्धि मन्त्र ॐ शं शनैश्चराय नमः न्यूनतम जापसङ्ख्या : २३ के गर्ने : श्रमसाध्य र मिहिनेत गर्नुपर्ने काममा बलप्रयोग नगर्ने के नगर्ने : उदासीनता÷नैराश्यता
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज अनावश्यक र फजुलका कुराकानीमा समय बिताउनु राम्रो हुँदैन, हुन त भाग्यमा चन्द्रमा छ, तर प्रतिष्ठा प्राप्तिका लागि सङ्घर्ष गर्नै पर्छ । सामाजिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ, सामाजिक कामबाट धेरथोर फाइदा नै हुनेछ । तर नेतृत्व नै वहन गर्नुपर्दा अपजसको भागी भइने छ, सचेत हुनुहोला । बन्दव्यापारमा ठिकठिकै छ । उता आफूपछाडि कुरा काट्नेको कमी हुने छैन । शीघ्र निर्णय गर्ने क्षमतामा कमी आउने छ, तर भाग्यमा बसेको चन्द्रमाले सरल ढंगले दैनिकी सञ्चालनमा सघाउ पुर्याउने छ । मन ज्ञान र अध्यात्मतर्फ आकर्षित हुनेछ, कताकता वैराग्यका भावना मँडारिन सक्छन् ।
शुभरङ्ग : बैजनी वा पहेंलो शुभअङ्क : १ शुभदिशा : पूर्व इष्टदेवता : विष्णु अशुभ रङ्ग : चम्किलो÷उज्यालो अशुभ अङ्क : ४ अशुभ दिशा : उत्तर कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय न्यूनतम जापसङ्ख्या : १९ के गर्ने : कुलधर्म र परम्पराको अनुसरण के नगर्ने : बृद्धबृद्धा र असहायको बेवास्ता
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
काम बिग्रने भयले सताउला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ, न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने हुनसक्छ । स्वास्थ्यमा पनि कमजोरी अनुभूति हुनेछ, स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिने छ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा खोजेको उपलब्धी हासिल हुनेछ । परिवारजनले पनि सहयोगका लागि तत्परता देखाउनेछन् । गोप्य रहस्य पत्ता लगाउन सकिने छ । नसोचेको धन लाभ हुनसक्छ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला ।
शुभरङ्ग : ध्वाँसे शुभअङ्क : ४ शुभदिशा : उत्तर इष्टदेवता : सङ्कटा देवी अशुभ रङ्ग : हरियो अशुभ अङ्क : ३ अशुभ दिशा : पश्चिम कार्यसिद्धि न्त्र : ॐ सङ्कटाभगवत्यैै नमः न्यूनतम जापसङ्ख्या : १० के गर्ने : नैराश्यभाव त्याग गर्ने के नगर्ने : तीव्रगति र हडबड
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । घरायसी प्रयोजनका सुखसुविधाका सामाग्रीको किनमेल गरिने छ । नयाँ ज्ञान सिक्ने अनुकूलता मिल्नेछ । परिवारका सदस्यहरूसँग आत्मीयभावमा बृद्धि हुनेछ । प्रेमसम्बन्ध सुदृढ बन्नेछ ।
शुभरङ्ग : सुन्तले शुभअङ्क : ३ शुभदिशा : पश्चिम इष्टदेवता : विष्णुलक्ष्मी अशुभ रङ्ग : पहेंलो अशुभ अङ्क : २ अशुभ दिशा : दक्षिण कार्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नमः न्यूनतम जापसङ्ख्या : ११ के गर्ने : घरमा आवश्यक वस्तुको किनमेल के नगर्ने : परिवारको बेवास्ता
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
हाँकेका र ताकेका काममा चुनौती र प्रतिस्पर्धा गर्नु परे पनि सफल भइने छ । शत्रु र प्रतिद्वन्द्वीको योजना र चलखेल थाहा पाउनाले काम गर्न सजिलो हुनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । वैदेशिक यात्राको प्रकिया अघि बढ्न सक्छ । पुरानो लेनदेन र बाँकीबक्यौताको समस्यालाई हल गरिने छ । कामको चाप बढ्ने छ, तर बेफाइदा हुँदैन । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आफ्नो क्षेत्र र विषयवस्तुमा अरूले अधिकार जमाउन चेष्टा गरे पनि सफल हुने छैनन् । सरकारी र राज्यपक्षको काममा सफलता मिल्नेछ ।
शुभरङ्ग : छिर्केमिर्के बुट्टे शुभअङ्क : २ शुभदिशा : दक्षिण इष्टदेवता : गणेश अशुभ रङ्ग : सुन्तले÷गुलाबी अशुभ अङ्क : १ अशुभ दिशा : पूर्व कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नमः न्यूनतम जापसङ्ख्या : ०८ के गर्ने : खानपानमा नियन्त्रण के नगर्ने : आवेग, घमण्ड र क्रोध
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सुखद समाचारले अझ उत्साह बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ ज्ञान र बुद्धिको उपयोग हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । सन्तति, भाइबहिनी र परिवारका सदस्यसँग आत्मीय सम्बन्ध कायम हुनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । बोलीकै भरमा विशेष काम सम्पादन हुनसक्छ, क्रियाशील रहनुहोला । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । दिन उत्साहपूर्ण रहला । स्वास्थ्य सबल रहनेछ ।
शुभरङ्ग : गाढा हरियो शुभअङ्क : ५ शुभदिशा : पूर्व इष्टदेवता : सूर्यदेव अशुभ रङ्ग : कालो अशुभ अङ्क : ३ अशुभ दिशा : उत्तर कार्यसिद्धि मन्त्र ॐ घृणि सूर्याय नमः न्यूनतम जापसङ्ख्या : ०७ के गर्ने : छोराछोरीको उन्नति÷प्रगतिको जानकारी लिने के नगर्ने : अल्छी र अकर्मण्यता
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
खराब दिन छ । हतारको निर्णयले काम बिग्रन सक्छ, सजग रहनुहोला । रोकिएका घरेलु कामकाज सिद्ध्याउन निकै खट्नु पर्नेछ । महत्वाकाङ्क्षा त्यागेर अघि बढ्नु होला । आजको योजना र लक्ष्यको समुचित प्रतिफल आउने छैन । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । परिवारजनमा असमझदारी बढ्नेछ । मातृधनको उपयोग हुन सक्दैन । पशुधन र जमिनबाट पनि बेफाइदा हुनसक्छ । परिवारजन तथा बन्धुबान्धवबीचको दूरी बढ्नेछ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीका कारण अपमानित हुनुपर्छ । नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । तर स्थायी सम्पत्ति बेचबिखनको प्रयास सफल हुनेछ ।
शुभरङ्ग : गाढा रातो शुभअङ्क : ८ शुभदिशा : उत्तर इष्टदेवता : शिवर्पावती अशुभ रङ्ग : गाढा नीलो अशुभ अङ्क : २ अशुभ दिशा : पश्चिम कार्यसिद्धि मन्त्र : ॐ सों सोमाय नम न्यूनतम जापसङ्ख्या : ११ के गर्ने : घरपरिवारका कुरालाई वेवास्ता नगर्ने के नगर्ने : गोपनीयता भङ्ग
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
रोजगारी र व्यापार÷व्यवसायमा आज विशेष महत्वको दिन हुनेछ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । कृषिक्षेत्र वा घरपरिवारमा देखिएका चुनौतीको निवारण गरिने छ । दाजुभाइ र बन्धुबान्धवका काममा सहभागी बन्नुपर्ने देखिन्छ, त्यस्तै सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट सम्मान प्राप्त हुनेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । बोलीको प्रभाव रहनाले काम बन्नेछ, तर्क र विवादमा विजय प्राप्त हुनेछ । कुटुम्बका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ ।
शुभरङ्ग : गाढा हरियो शुभअङ्क : ७ शुभदिशा : पश्चिम इष्टदेवता : हनुमान् अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे अशुभ अङ्क : १ अशुभ दिशा : दक्षिण कार्यसिद्धि मन्त्र : ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः न्यूनतम जापसङ्ख्या : ०८ के गर्ने : बन्धुबान्धव र दाजुभाइका सल्लाह मान्ने के नगर्ने : साथीभाइको बेवास्ता
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मान–सम्मान बढ्नेछ भने बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । लगनशीलता देखाएमा राम्रो उपलब्धी हसिल हुनेछ । काम र पठन–पाठनमा रुचि जाग्नेछ । सामुदायिक भावनाको विकास हुने छ । करकुटुम्ब तथा नातागोताको काममा सहयोग गरिने छ ।
शुभरङ्ग : सेतो वा उज्यालो शुभअङ्क : ६ शुभदिशा : दक्षिण इष्टदेवता : लक्ष्मी माता अशुभ रङ्ग : पहेंलो अशुभ अङ्क : ९ अशुभ दिशा : पूर्व कार्यसिद्धि मन्त्र : ॐ धनप्रदाय कुबेराय नमः न्यूनतम जापसङ्ख्या : ११ के गर्ने : अल्पकालिक प्रतिफल आउने काममा लगानी के नगर्ने : बोलीवचनमा कडापन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
राशिमा चन्द्रमा छ, हाँकेको ताकेको काममा सफल भइने छ । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीको ढाकछोप गरी अघि बढ्ने अवसर प्राप्त हुनेछ । लाभमूलक कामको आश्वासन पाइनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *