तेरिया मगर लाई ८० प्रश्न, सुजन मार्पा संगको सम्बन्ध बारे खोलिन रहस्य

भारतकै चर्चित डान्स रियालिटी शो “डान्स इन्डिया डान्स” र ” झलक दिखलाजा- ९”को बिजेता बनेर नेपाल र नेपालीहरुको नाम चम्काएकी तेरिया मगरलाई नचिन्ने सायदै होलान् । आफनो करियर र अध्ययनलाई ध्यानमा राख्दै भारतै बस्दै आएकी तेरिया हाल भने नेपालमा रहेकी छिन् । उनी गत बुधबार शुक्रबारबाट रिलिज हुन लागिरहेको फिल्म वीर विक्रम २ को प्रिमियरमा सहभागि बनिन् ।
आफनो डान्सबाट मात्र नभई सुन्दरताबाट पनि सबैको मन लोभ्याएकी तेरियाले फिल्म हेरेसंगै सञ्चारकर्मीहरुसंग कुरा गरिन् । कुराकानीको क्रममा उनले वीर विक्रम २ फिल्म निकै राम्रो बनेको । कतिपय दृश्यमा कमेडी र अन्तिममा भने रुन नै आएको बताएकी उनले विर विक्रम २ दर्शकहरुका लागि फुलप्याकेज भएको बताईन् ।
तेरियाले पल , नाजिर , बर्षा र बुद्धी तामाङ लगायत सबै कलाकारहरुको काम निकै राम्रो रहेको बताईन् । केही समय अगाडीले उनले नेपाली फिल्ममा काम गर्न लागेको खबर पनि बाहिरिएको थियो तर पछि उनैले उक्त खबरको खण्डन गरेकी थिईन् । अहिले पनि उनले तत्काल फिल्ममा काम गर्ने बताएकीछिन् ।
हाल अध्ययनलाई ध्यान दिईरहेको बताएकी उनले गत बर्ष फिल्ममा काम गर्न लागेको खबर झुठो भएको फेरी स्पष्टीकरण दिईन । उनले भनिन् “मलाई नै थाहा थिएन कि मैले फिल्म गर्दैछु भनेर । अहिले मेरो सबै ध्यान अध्ययनमा छ । तत्काल फिल्म गर्नेबारे सोचे पनि छैन । हेरौं भोलीका दिनमा के हुन्छ” । उनले समय आएपछि फिल्ममा काम गर्ने बताईन् । फिल्म खेल्नु भयो भने कुन एक्टरलाई रोज्नु हुन्छ भन्ने प्रश्नमा भने उनले भनिन् “सबैसंग स्क्रिन सेयर गर्न मन पर्छ । सबैसंग खेल्ने” ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *