अनामनगर र सुकेधारामा सिलिन्डर विस्फोट तीन जनाको मृत्यु

काठमाडौँ, १२ जेठ । काठमाडाैँको सुकेधारा र अनामनगर घट्टेकुलोमा भएको सिलिण्डर विस्फोटमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ । अन्य ५ जना घाइते भएका छन् ।
प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले तीन जनाको मृत्यु भएको पुष्टि गरे । सुकेधारा विस्फोटमा एक जनाको घटनास्थलमै र अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुकेधारास्थित ढलाने पुल नजिकै सैलुनमा सिलिन्डर विस्फोट भएको थियो । विस्फोटमा घाइते भएका ३ जनाको ओम अस्पताल र १ जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
यता, घट्टेकुलोमा भएको विस्फोटमा एक जनाकाे मृत्यु भएको छ । घट्टेकुलो विस्फोटमा घाइते भएका एक जनालाई वीर अस्पताल लगिएको प्रहरीले जनाएको छ । विस्फोट के कति कारण भयाे भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
विस्फोटमा सिलिण्डर नभई बम विस्फोट भएको आशंका गरिएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *