तरकारीको भाउ दिनदिनै बढ्दै, सबैभन्दा महङ्गो गोलभेडा प्रतिकेजी कति ?

काठमाडौं । जेठ महिना सुरु भएसँगै बजारमा तरकारीको भाउ अत्याधिक बढेको छ । महँगीको सबैभन्दा धेरै प्रभाव गोलभेडामा परेको छ । मनसुन सुरु भएसँगै बढ्ने तरकारीको भाउ यस वर्ष जेठको पहिलो सातोदेखि नै बढेको हो ।
झापाको बिर्तामोडमा रहेको प्रदेश –१ कै ठूलो कृषिथोक बजारमा गोलभेडा प्रतिकेजी ८० रुपैयाँ (खुद्रा) बिक्री हुँदै आएको छ । गतवर्ष गोलभेडाले बिक्री नभएपछि कृषकले राजमार्गमा फ्याँकेका थिए ।
गतवर्ष बिक्री नभएपछि किसानले गोलभेडा खेती घटाएको बताइएको छ । उत्पादन कम भएका कारण यस वर्ष मंहगीको सबैभन्दा प्रभाव गोलभेडामा परेको देखिन्छ ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *