यी हुन् महँगा गाडी चड्ने १५ नेपाली कलाकारहरु ! मुल्य सुनेर तपाईको होस् उड्नेछ

हामीले सधै फिल्मी पर्दामा देखिरहने कलाकारको जिवनसैली कस्तो होला भनेर मनामा जिज्ञासा जाग्नु सामान्य कुरा हो । आउनुहोस् आज तिनै चर्चित कलाकारहरु कस्तो गाडी चद्छ्न भनेर हजुरहरुलाई बताउने छौँ।
दयाहाङ् राइ पछिल्लो समय धेरै नै व्यस्त र रुचाइएका कलाकार हुन् । उनलाई कार त के बाइक पनि चढ्दैनन् । चकलेटी नायक अनमोल केसी गाडी चढदैनन् तर गाडीकै मूल्य पर्ने डुकाटी बाइक चढछन् । साम्राग्गी राज्यलक्ष्मी शाह र केकी अधिकारि पनि गाडी चढदिन्न् । यी त भए गाडी नचढ्ने कलाकारको कुरा। आजको हाम्रो प्रस्तुति छ, कुन कलाकारले कस्तो गाडी चडछन् भनेर-
प्रियंका कार्की
केहि साता अघि मात्रै आयुष्मान देशराज जोशीसंग इन्गेजमेन्ट गरेकी प्रियंका कार्की दर्शकहरुले एकदमै रुचाएइकी अभिनेत्री हुन् । उनि साढे तेत्तीस लाख मूल्य बराबरको टाटाको जेस्ट र असी लाख भन्दा धेरै मूल्य पर्ने हुन्डाईको टक्सन गाडी चढ्छिन । उनि विशेष काम पर्दा मात्र टक्सन गाडीमा हिड्ने गर्छिन्।
जीवन लुइटेल
केहि समय पहिले नेपाली फिल्म क्षेत्रमा एकदमै ब्यस्त कलाकारको लुइँटेल आज भोलि अमेरिका बसोवास गर्दै आएका छन । उनि टोयटा ल्याण्ड क्रुजर चढ्छन् उक्त गाडीको नेपाली मूल्य २ करोड हो ।
दिपक राज गिरि
हास्यकलाकार दिपकराज गिरि ‘तितो सत्य ‘ नामको हास्य टेलीशृंखलाबाट चर्चामा आउन थालेका हुन् । पछिल्लो समय उनि टेलिफिल्म छाडेर फिल्म बनाउन लागेका छन। उनको पछिल्लो ४ वटा फिल्ममा सफलता प्राप्त गरेका दिपक मारुती सुजुकीको स्विफ्ट दिजायर चढछन। उक्त कारको बजार मूल्य २९ लाख बराबर छ।
कोमल ओली
कुनै बेलाकी चर्चित समाचार वाचिका, गायीका, नायीका र पछिल्लो समय राजनीतिमा सकृय कोमल ओली ह्युन्ड़ाईको आइ टेन चढछिन ।
पल शाह
नाइँनभन्नु ल ४, म यस्तो गीतगाउछु , सत्रु गते जस्ता फिल्ममा काम गरका कलाकार कहिले फिल्मबाट त कहिले अभिनेत्री आचल शर्मा संगको सम्बन्धले चर्चामा आउने शाह अड्तीस देखि चालिस लाख सम्म पर्ने निसानाको सन्नी कार चढ्छन् ।
सन्तोस सेन
प्रेम गीत, प्रेम गीत २ जस्ता फिल्मका निर्माता सेन अहिले अर्को नया फिल्म निर्माणको काममा ब्यस्त छन । उनि चालिस लाख मूल्य पर्ने महिन्द्राको गाडी चढ़छन ।
भुवन केशी
सदावहार नायक तथा निर्माता भुवन केशी गाडी फेरी-फेरी चड्ने कलाकार हुन। अहिले उनि संग ह्युन्डाइको टोयटा गाडी छ अहिले यस गाडीको बजार मूल्य ५३ लाख देखि ५८ लाख सम्म छ ।
प्रदिप खड्का
प्रदिप खड्का युवायुवतीहरुलाई एकदमै मन पर्ने हिरो हुन्। उनि चड्ने गाडी ‘प्रेम गीत २’का निर्माता तथा कलाकार सन्तोस सेनाले ‘प्रेम गीत २’ रिलिज भएको ५१ दिनको अवसर पारेर उपहार स्वरूप दिएका थिए । उक्त कार सेनले पारिश्रमिक बापत दिएको भनी चर्चा चलेको थियो। प्रदीपले पनि उक्त कार पारिश्रमिक कम उपहार बढी भनेर स्वीकार गरेका थिए ।
रमेस उप्रेती
रमेस उप्रेती पुराना नयाका हुन्। उनोई चलचित्र यसोर्यबाट चर्चामा आएका कलाकार हुन् । उनि अहिले बजार मूल्य ५८ लाख पर्ने ह्युण्डाइको रेड क्रेडा गाडी चढछन् । यो गाडीको उप्रेतीले एक वर्ष अगाडी ५६ लाखमा किनेका थिए ।
रेखा थापा
रेखा थापा पनि गाडीहरु फेरी चड्ने कलाकार हुन् । अहिले उनि ५९ लाख मूल्य पर्ने डाइसात्सुको तेरियस गाडी चढ़छिन ।
प्रसान्त ताम्राकार
चर्चित मोडेल,कोरियोग्राफर, अभिनेता ताम्राकार कियाको स्पोटेज गाडी चढ़छन। उक्त गाडीको हालको बजार मूल्य ८९ लाख पर्छ ।
विकास खतिवडा
खतिवडा कमर्सियल फोटोग्राफर हुन् । पछिल्लो समय ऐश्वार्यबाट उनको चर्चा कमाएका हुन् । उनि कियाको स्पोटेज गाडी चढ़छन। उक्त गाडीको हालको बजार मूल्य ८९ लाख पर्छ ।
राजेस हमाल
महानायक राजेश हमाल कुन गाडी चढ्छन् होला भनेर तपाईको मनमा गिग्यासा जागेको नै होला हैन त ? महानायक राजेस हमाल पनि झन्डै ९० लाख पर्न कियाको स्पोटेज गाडी चढ़छन ।
राजकुमार राइ
चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष राजकुमार राइ पनि महँगो गाडी चड्ने कलाकार मध्ये पर्छन । उनि अहिलेको बजार मूल्य १ करोड ६० लाख पर्ने टोयटाको र्याप फोर गाडी चढ्छन् ।
अर्जुक कुमार श्रेष्ठ
अभिनेता तथा निर्माता अर्जुन कुमार श्रेष्ठ पनि टोयटाको र्याप फोर गाडी चढ्छन् । अहिले यस गाडीको बजार मूल्य १ करोड ६० लाख पर्छ ।

यो पनि पढ्नुस
दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् ।सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत गरिरहेको छ ।
हरेक वर्षको पुस महिनामा धान्यपूर्णिमाका अवसरमा साताव्यापी विषेश मेला, शिवरात्री, साउन महिना तथा हरेक सोमबार दुप्चेश्वर मन्दिरमा मेला लाग्ने गर्दछ ।यहाँ मुख्यतः सन्तान नहुने दम्पतिहरु सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ । धान्यपूर्णिमादेखि एकसाता लाग्ने मेलालाई परम्परादेखि चल्दै आएको मेला नेपालकै सन्दर्भमा भने अलि अनोठो र फरक छ ।
‘जे माग्यो त्यही पूरा हुने’ धार्मिक विश्वास रहेको यस मन्दिरलाई हिन्दू र वौद्ध धर्मालम्बीहरुले दोस्रो पशुपतिनाथको रुपमा पुकार्दै आएका छन् । विषेशगरी निःसन्तान दम्पतिको इच्छा पूरा गरिदिने भएकोले मेलामा भीड लाग्ने गरेको दुप्चेश्वर संरक्षण समितिले बताएको छ ।दुप्चेश्वरको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म नबोल्ने बालबच्चा बोल्ने विश्वासमा यहाँ टाढाटाढाका भक्तजनहरु भाकल गर्ने र भाकल पुरा भएपछि पनि महादेवको दर्शनका लागि यहाँ आउने गर्दछन् ।
छोराछोरी नभएकाको सन्तान, विवाह नभएकाको विवाहको लगन गराइदिन प्रार्थना गर्ने गरेको र इच्छा पूरा पनि भएको धेरै भक्तजनहरुको अनुभव पनि यहाँ सुन्न पाइन्छ ।दुर्गम क्षेत्र समेत मानिने यस धार्मिक स्थलमा रहेको दुप्चेश्वर मन्दिर सातसय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ । मन्दिरको फेदीमा रहेको तादी नदीबाट बनाइएको घुमाउरो छिँडी हुँदै पालैपालो भक्तजनहरुले पूजा र दर्शनका लागी उक्लने गरेका छन् ।
दुप्चेश्वर महादेवको उत्पत्ति:
पौराणिक कथनअनुसार चारसय वर्षअघि स्थानिय एक तामाङको दुहुनो गाई गोठालोमा हराएपछि खोजी गर्दै जाँदा छङ्गाछुरको पहरोमा आफ्नो चारै थुनबाट दुध चढाइरहेको भेटिएपछि सो ठाउँमा दुप्चेश्वर महादेव रहेको विश्वासमा प्रत्यक वर्ष धान्यपूर्णिमाका दिन विषेश मेला लाग्दै आएको छ ।अर्कोतर्फ, समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष सेवनले रन्थनिएका महादेव गोसाइकुण्ड जाँदा दुप्चेश्वरमा आएको जनश्रुती पाइन्छ ।
त्यसैले सोही स्थानमा दुधेश्वर महादेव उत्पती भएका र पछि अपभ्रश भई दुप्चेश्वर नामाकरण भएको अर्को किंवदन्ती पाइन्छ । दुप्चेश्वर महादेवको मेला भर्न राजधानी काठमाण्डौं, धादिङ, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, चितवन लगायत देशका विभिन्न भागहरुबाट यहाँ वर्षेनी हजारौँ दम्पती भक्तजनहरु महादेवसँग सन्तान माग्न आउने गरेका छन् ।धार्मिक पर्यटनको गन्तव्यको रुपमा गतिलो सम्भावना बोकेको यस मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन रोचक र अनौठोसँग हेर्न पाइन्छ ।
सरकारी स्तरबाट यहाँ कुनैपनि पर्यटकिय महत्वको प्रचारप्रसार नभएकोले मेलाबाहेक अन्य समयमा यहाँ आउनेको संख्या अति नै न्यून रहेको दुप्चेश्वर मेला संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ ।दुप्चेश्वर महादेव जस्ता धार्मिक एवम् ऐतिहासिक सम्पदाको संवद्र्धन र प्रचारप्रसार गरी आन्तरिक एवम् वाह्य पर्यटकहरु भित्र्याउन सके नुवाकोटको मात्र नभई राष्ट्रिय आर्थिक समुन्नतिमा महत्वपूर्ण देन रहने बुद्धिजिवीहरुको विश्वास छ ।

Continue Reading

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *