नरेन्द्र मोदीले एकाएक दिए पदबाट राजीनामा, भारतमा के हुँदैछ खेल ?

काठमाडौं ।
हालै सम्पन्न लोकसभा निर्वाचनमा अत्याधिक बहुमत प्राप्त गर्न सफल भारतीय जनता पार्टी (भाजपा) का नेता तथा प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले पदबाट राजीनामा दिएका छन् ।
निर्वाचनको मतगणना परिणाम सार्वजनिक भएलगत्तै शुक्रबार प्रधानमन्त्री मोदीले भारतीय संविधान बमोजिम नयाँ सरकार गठन प्रक्रिया शुरू गर्न राष्ट्रपतिसमक्ष पदबाट आफू र आफ्नो नेतृत्वमा रहेका मन्त्रीहरूको राजीनामा पत्र बुझाएका हुन् ।
भारतीय राष्ट्रपति कार्यालयको सरकारी ट्वीटरमा उल्लेख भए अनुसार आजै प्रधानमन्त्री मोदीले राष्ट्रपति रामनाथ कोभिन्दलाई बुझाएको राजीनामा राष्ट्रपतिले स्वीकृत गरी अर्काे मन्त्रिमण्डल गठन नहुँदासम्म कार्यभार सञ्चालनको जिम्मेवारी दिएका छन् ।
अबको केही दिनभित्रै भाजपा नेतृत्वको गठबन्धनमा रहेका दलहरूसँगको परामर्शपश्चात् भारतको अर्काे प्रधानमन्त्री बन्ने देखिएको छ । मोदीले राजीनामा दिएको विषयलाई भारतमा अनौठो मानिएको छ । कतिपयले फेरि मोदी नै प्रधानमन्त्री हुने अनुमान गरेका छन् ।
मिडिया डबलीबाट

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *