भारतको लोकसभा निर्वाचन ऐतिहासिक जितसँगै नरेन्द्र मोदी ले चाले यस्तो कदम।

नयाँदिल्ली — भारतको तल्लो सदन लोकसभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै नयाँ सरकार गठनको पहल सुरु भएको छ ।भारतीय लोकसभा चुनावमा जित हासिल गरेपछि तेलंगना राज्यमा शुक्रबार खुसी मनाउँदै भाजपा समर्थक ।एपीशुक्रबार केही अनौपचारिक छलफल भएपछि सरकारमा जाने अनुहारबारेमा पनि अड्कलबाजी हुन थालेको छ । हालै भएको १७ औं लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले अत्यधिक बहुमत ल्याएको छ ।अन्तिम मतपरिणामअनुसार एनडीएले ३५० सिट जितेको छ । भाजपा एक्लैको ३०२ सिट छ । विपक्षी गठबन्धनले ८२ सिट जितेको छ । कंग्रेस ५२ सिटमा सीमित भएको छ । भाजपा र एनडीएको ऐतिहासिक जितसँगै नरेन्द्र मोदीले विश्वकै ठूलो लोकतन्त्रको पुनः नेतृत्व गर्नेर् निश्चित छ । उनी शनिबार दलको नेता छनोट हुने जनाइएको छ । नयाँ सरकारको औपचारिक शपथ कार्यक्रम मे ३० का लागि तोकिएको छ ऐतिहासिक जित दिलाउन अहंभूमिकाखेलेका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ सरकारको फ्रक्रिया सुरु गरेका छन् । मोदीले शुत्रबार साँझ डाकेको मन्त्रिपरिषद्को अन्तिम बैठकले १६ औं लोकसभाको औपचारिक विघटनका लागि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै मोदीले राष्ट्रपति कोविन्दलाई भेटेर लोकसभा विघटन सिफारिसको निर्णय पेस गरेका थिए । राष्ट्रपति कोविन्दले मन्त्रिपरिषद्को सिफारिसका आधारमा लोकसभा विघटनको घोषणा गरेसँगै नयाँ सरकार गठबन्धनको बाटो खुल्नेछ ।सरकार गठनको पहल सुरु भएसँगै मन्त्री परिषद्को स्वरूप र त्यसमा अटाउने सम्भावित अनुहारबारे चर्चा सुरु भएको छ । पार्टी अध्यक्ष अमित शाहलाई गृह, रक्षा र विदेशमध्ये एउटा महत्त्वपूर्ण जिम्मेवारी दिने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर अध्यक्ष शाहले आफू अझै पनि पार्टीकोनेतृत्व सम्हाल्ने इच्छा देखाएको बताइन्छ । ‘उहाँले पार्टी नै हाँक्छु भन्नुभएको छ तर अन्तिम निर्णय मोदीमै निर्भर छ,’ पार्टी निकट स्रोतले कान्तिपुरलाई भन्यो ।बेरोजगारी, बढ्दो व्यापार घाटा र अमेरिकाको इरानमाथिको नाकाबन्दीजस्ता
घटनाले भारतीय अर्थतन्त्रमाथि निरन्तर दबाब बढ्दो छ । त्यसलाई सामना गर्दै अभिमतअनुरूप अर्थतन्त्रलाई तीव्र गति दिने चुनौती अब बन्ने अर्थमन्त्रीको काँधमा हुनेछ । उक्त जिम्मेवारी कसले पाउने भन्नेमा पनि विशेष चासो छ ।भारतीय सञ्चारमाध्यमका अनुसार स्वास्थ्यका कारण देखाउँदै अरुण जेटलीले सरकारमा जान अनिच्छा देखाएपछि अर्थ मन्त्रालयको जिम्मेवारी कसको काँधमा जाने यकिन छैन । यसअघिका रेल तथा कोइलामन्त्री पीयूष गोयल अर्थका लागि दाबेदार ठानिएका छन् । केही समयअघि क्यान्सर रोगको उपचारका लागि जेटली अमेरिका गएका बेला गोयलले नै मोदीका सरकारका तर्फबाट अन्तरिम बजेट पेस गरेका थिए ।त्यसैगरी, विपक्षी भारतीय राष्ट्रिय कंग्रेस अध्यक्ष राहुल गान्धीलाई उनको पारिवारिक लोकसभा सिटमा पराजित गरेर सनसनी मच्चाएकी स्मृति इरानीले पनि आकर्षक पोर्टफोलियो पाउनेछिन् । अघिल्लो सरकारमा मन्त्री रहेका धर्मेन्द प्रधान, निर्मला सिथारमण, सुरेश प्रभु, राजनाथ सिंहलगायत पनि नयाँ सरकारमा पनि दोहोरिने स्रोतको भनाइ छ बंगालमा वामको पत्तासाफपश्चिम बंगालमा ३३ वर्ष एकछक्र शासन गरेका वामशत्तिको १७ औं लोकसभा निर्वाचनमा पत्तासाफ भएको छ । पाँच वर्षअघिको चुनावमा २ सिट मात्र जित्न सफल वामशक्तिहरूले यसपटक राज्यको ४२ लोकसभा सिटमा वाम उम्मेदारले सबैमा लज्जास्पद हार व्यहोरेका छन् ।अवस्था कस्तोसम्म रर्‍यो भने वाम उम्मेदवारमध्येजादवपुरबाट चुनाव लडेका भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) विकास रञ्जन भट्टाचार्यले मात्र जमानत जोगाउन सके । हारसँगै भारतकै कम्युनिस्ट पार्टीको अस्तित्वमाथि नै प्रश्न खडा झएको छ ।बंगालमा वामशक्तिले सन् १९७७ देखि २०११ सम्म करिब ३३ वर्ष निरन्तर शासन गरेका थिए । सुरुवाती वर्षमा गरिब र मजदुर लक्षित समतामूलक कार्यत्रमहरू लागू गरेर लोकप्रिय बनेका वामशक्तिहरू शासनकालको पछिल्लो कालखण्डमा राज्यमा बढ्दो भ्रष्टाचार, सिन्डिकेट, असुरक्षाका कारण अलोकप्रिय बन्न पुगे ।
वामशक्तिप्रतिको बढ्दो अलोकप्रियताको फाइदा उठाउँदै सन् २०११ को विधानसभा चुनावमा ममता बनर्जीको तृणमूल कंग्रेस (टीएमसी) ले २२७ सिट जितेर सत्तामा पुगेको थियो । टीएमसीको उक्त जितसँगै तीन दशकभन्दा बढी पश्चिम बंगालमा शासन गरेको वाममोर्चा सक्ताबाट बाहिरिएको थियो ।हारसँगै वामशत्ति प्रभाव क्रमशः घट्दै गएको देखिन्छ । राजनीतिक विश्लेषकहरूको भनाइमा ३३ वर्षको शासनका कारण पश्चिम बंगालका मतदातामा वामशक्तिप्रति मोह भंग भएकाले ऊनीहरूको क्रमशः कमजोर बन्दै गएका हुन् । वामशक्ति कमजोर हुने क्रमसँगै त्यसको प्रत्यक्ष लाभ टीएमसीले लिँदै गयो ।त्यसैको फलस्वरूप टीएमसी सन् २०११ यता लगातार सरकारको नेतृत्व गर्दै आएको छ । तर, यसपटकको लोकसभा निर्वाचन परिणामले आगामी दिन टीएमसीका लागि पनि सहज नहुने देखाएको छ । किनभने पाँच वर्षअघि दुइटा मात्र सिट जितेको भाजपाले यो निर्वाचनमा १८ वटा जितेर टीएमसीलाई कडा टक्कर दिएको छ । सिट मात्र होइन, भाजपाको कुल मत प्रतिशत पनि उल्लेख्य वृद्धि भएको छ ।अघिल्लो चुनावमा १७ प्रतिशत मात्र मत प्राप्त गरेको भाजपाले यसपटक ४० प्रतिशत मत हासिल गरेको छ । जुन टीएमसीको भन्दा करिब चार प्रतिशतले मात्र कम हो । भाजपाले ऐतिहासिक जित हात पार्नुका पछाडि आक्रमक संगठन विस्तारसँगै उक्त पार्टीप्रति परम्परागत वाम मतदाताहरूको बढ्दो आकर्षणलाई पनि प्रमुख कारण ठानिएको छ ।राज्यमा टीएमसी र वामशक्तिबीच निकै तीतो सम्बन्ध छ । त्यही कारण परम्परागत रूपमा वाम पार्टीहरूलाई समर्थन गर्दै आएका मतदाताले पनि यसपटक टीएमसीलाई पराजित गर्न सक्ने ठानेर भाजपालाई मत दिएको बुझिन्छ । यो चुनावमा वामशक्तिको लज्जास्पद हार हुनुका पछाडि यही प्रमुख कारण रहेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ ।
प्रकाशित : जेष्ठ ११, २०७६ ०८:१४

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *