भर्खरै रामेछाप केन्द्र भएर भूकम्प , भुकम्पपछि स्थानीयहरु सडकमा !

काठमाडौं । नेपालमा आज शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । नेपालको रामेछाप जिल्लालाई केन्द्र बनाएर आज बिहान ११ः०२ मिनेटमा भुकम्प भएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जानकारी दिएको छ ।केन्द्रका अनुसार भुकम्पको धक्का ४.९ रेक्टर स्केल रहेको थियो । भुकम्पले कुनै क्षति भए नभएको जानकारी आएको छैन । रामेछाप आसपासका जिल्लाहरुमा धक्का महसुस गरिएको स्थानीयले जानकारी दिएका छन् ।नेपालमा वि.सं. २०७२ सालमा गएको महा भुकम्पका पराकम्पहरु समयसमयमा गइरहेका छन् ।

केन्द्रले तत्काल डराउनु पर्ने अवस्था नभएको भए पनि सावधान भने भइरहनु पर्ने जनाएको छ । भुकम्पपछि स्थानीयहरु सडकमा निस्केका थिए ।केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार यो परकम्प २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पकै परकम्प हो । यसअघि जेठ ७ गते लमजुङ केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टरको परकम्प गएको थियो ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *