बर्दियामा सडक खन्दा भेटियाे १७ औँ शताब्दीको सिक्का !

११ जेठ, काठमाडौं । सडक खन्दा सिक्का भेटिन थालेपछि बर्दियामा अच्चम भएको छ । बर्दियाको बारबर्दिया नगरपालिका–६ सोनपुरदेखि जोगनपुर सम्म सडक खन्ने क्रममा चाँदी र तामाका सिक्का फेला परेको छ । प्रहरी नायब उपरीक्षक मदनजित महराले माटोको घैंटोमा राखिएको ५४ मिलिग्राम बराबरको पाँच थान चाँदीका सिक्का र सात केजी दुई सय ग्रामको तामाको सिक्का फेला परेको बताए ।
सडकलाई स्काभेटरबाट खन्दा करीब तीन फिट गहिराइमा चाँदीका सिक्का र तामाका सिक्का फेला परेको प्रहरीले जनाएको छ । ती सिक्का १३ औँ देखि १७ औँ शताब्दीको मुगलकालीन शासनकालका सिक्का हुनसक्ने प्रहरीले जनाएको छ। ‘नयाँ मुलुक’ बर्दिया मा मुगल शासनकालमा चोरी डकैतीका त्रासले माटोमुनि ती सिक्का गाडिएको हुनसक्ने अनुमान गरिएको छ ।
सडक खन्ने क्रममा चाँदीका केही सिक्का गाउँलेले लुकाएको पनि प्रहरीले जनाएको छ। तामा र चाँदीका सिक्का अनुसन्धानका लागि पुरातात्विक विभागमा पठाइएको प्रहरीले जनाएको छ । सडक खन्ने क्रममा चाँदी र तामाका सिक्का फेला परेपछी बर्दियामा अच्चम भएको छ ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *