आफैले बनाएको मोटरसाइकल चलाएर कार्यालय जाने “प्रहरी” !

नेपाल प्रहरीको सञ्चार निर्देशनालय प्रमुख डा. राजीव सुब्बा एकदिन प्रधान कार्यालय प्रवेश गर्दैगर्दा हवल्दार पूर्णबहादुर आले सवार वाहन देखेर रोकिए । आले साइकल जस्तो देखिने सवारी साधनमा थिए तर, पाइडल चलाइरहेका थिएनन् । सञ्चार र सूचना विज्ञानमा विद्यावारिधि प्रहरी नायब महानिरीक्षक सुब्बाले सोधखोज गर्दा त्यो हवल्दार आले आफैंले बनाएको ‘मोटरसाइकल’ रहेछ ।
प्रहरी प्रधान कार्यालयको विद्युत् शाखामा कार्यरत् आले अण्डर एसएलसी हुन् । तर, लगाव, निरन्तरको मेहनत र न्यूनतम स्रोतको प्रयोगबाट मोटरसाइकल बनाएका रहेछन् । त्यस दिनबाट डीआईजी सुब्बा आफू मातहत अधिकृतहरुलाई भन्ने गर्छन्, ‘तपाईंहरुले जागिर खानु भयो, उसले काम देखायो ।
परिवारका पाँचै भाइ प्रहरीमा : तनहुँको भानु नगरपालिका, चिसापानीका आलेलाई बुबाको अनुहार याद छैन । सानैमा बाबुविहीन बनेका उनले १८ वर्षको छँदा आमा पनि गुमाए । घरमा दुःख थियो । जसोतसो सावा अक्षर चिन्नेसम्म भएपछि उनी नेपाल प्रहरीमा भर्ना भए ।
दाजुहरु प्रहरीमा भएकाले आफू पनि त्यतै लागेको उनी बताउँछन् । दाजुहरु वैदेशिक रोजगारीमा जाउँ भन्थे तर, उनलाई नेपालमै बस्न मन लाग्थ्यो । ‘अनि २०६१ सालमा प्रहरी तालिम केन्द्र, भरतपुरमा प्रहरी जवान पदका लागि आवेदन दिएर भर्ना भएँ’, हवल्दार आले भन्छन्, ‘त्यसपछि त परिवारका पाँचै दाजुभाइ प्रहरी भइयो ।’
मजदुरीबाट गुजरा चलाउँदा उनले सानै उमेरमा विद्युतीय उपकरण मर्मत तालिम लिएका थिए । गाउँमा उनले धाराबाट विजुली बत्ती बालेका थिए । ‘एक दिन हिँडेर डुंग्रे बजारबाट २५ रुपैयाँको डाइनामो लगेर बत्ति बालेको थिएँ’, आले सम्झन्छन्, ‘त्यो बेला सिकेको सिपले जागिरमा पनि सजिलो भयो ।’ यो समाचार अनलाईन खबर डट कममा गौरव पोखरेलले लेख्नुभएको छ ।
भिडियो हेर्नुहोस ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *