गायिका इन्दिरा जोशीको सेक्स सिम्बोल

विश्वमा गायिकाहरुले हट एण्ड सेक्सी स्वरुप देखाइ रहेको अवस्थामा नेपालमा पनि गायिकाहरु हट बन्ने क्रम जारी छ । अङ्ग्रेजी गायिकाहरु रिहाना, माइली साइरस, केटी पेरी लगायतका गायिकाहरु आफूले गाएको गीतमा आफै अभिनय गर्ने र आफ्नो बोल्डनेश तथा सेक्सी स्वरुपलाई दर्शकमाझ उतार्न सबल छन्
यता नेपालमा पनि गायिकाहरुले मोडलिङ गर्ने वा स्टेज प्रोग्रामहरुमा आफ्नो सेक्सी र बोल्डनेश स्वरूप देखाउने चलन बढ्दै गएको छ । सेक्स फिगरलाई किन प्राथमिकता दिइन्छ भन्ने विषयमा अधिकांश विश्लेषकहरु समयको माग भन्न रुचाउँछन् । यहाँ यही विषयमा चर्चा गर्न खोजिएको छ इन्दिरा जोशीको ।
इन्दिरा जोशी नेपालकी आकर्षक शरीर र मिठो स्वर भएकी एक उत्कृष्ट गायिका हुन् । उनको स्वरलाई आइटम गीतमा अझ सुहाएको मान्नेको पनि कमि छैन र वास्तविकता पनि आइटम गीतमा उनले आफ्नो कला देखाइ सकेकि छिन् ।
नेपाली साकिरा भनेर दर्शकहरुले नाम दिएकी इन्दिरालाई अत्यधिक सेक्सी गायिका मान्नेको त झन कमी नै छैन । इन्दिरा जोशीले हरेक स्टेजमा हल्लाउने ठुम्काले त दर्शकलाई फिदा बनाइ सकेको छ ।
आकर्षक शरीर, मिठो स्वर र लचक लचक कम्मर मर्काइले हरेक स्टेज शो हरु उत्कृष्ट हुने यस्ता कार्यक्रमका आयोजकहरु पनि स्विकार्छन् । यसैले पनि इन्दिरालाई सेक्स सिम्बोल मान्ने गरिएको छ । सामाजिक संजालमा राखिएका उनका तस्विर पनि उनका शुभचिन्तकहरु अत्यधिक मन पराएका छन्
आफ्नो सेक्सी अदा का कारण दर्शकलाई मख्ख पार्न सफल भए पनि इन्दिरा म्युजिक भिडियोमा र फिल्ममा कमै देखिने गरेकी छिन् । फिल्म खेल्न पहिले नै सार्वजनिक अस्विकार गरिसकेकी इन्दिरालाई अहिले सुहाउँदो रोल भए पनि अफर गर्न नसकिएको एक निर्माताले बताए ।
हुनत एक पटक आइटम गीत पनि नगाउने भनेर इन्दिराले एक कार्यक्रममा उद्घोष गरे पनि अहिले पनि केही आइटम गीतमा स्वर दिइ रहेकी छिन् । कुनैदिन यी सेक्सी गायिका फिल्ममापनि नदेखिएला भन्न सकिन्न ।
(सम्पुर् तस्विरहरु इन्दिरा जोशीको फेसबुक वालबाट लिईएका हुन्)

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *