अभिनेता शनी देओलले जिते भारतीय लोकसभा निर्वाचन ! ल्याए यति धेरै मत…

नयाँदिल्ली– अभिनेता सनी देओलले भारतीय लोकसभा निर्वाचनमा विजय हासिल गरेका छन्। पञ्जाव राज्यको गुरदासपुरबाट उम्मेदवार बनेका देओलले ५ लाख ४७ हजार ७८१ मत ल्याएर जित हासिल गरेका हुन्। उनी भारतीय जनता पार्टीबाट उठेका थिए।
त्यस्तै भारतीय जनता पार्टीकी नेतृ हेमा मालिनी लोकसभा चुनावमा विजयी भएकी छन्। उनले उत्तरप्रदेशको मथुरबाट चुनाव जितेकी हुन्।

विपक्षी आरएलडीका उम्मेद्वार कुँवर नरेन्द्र सिंहलाई हराएर चुनाव जितेकी हुन्। मालिनीले ४ लाख ९ हजार ३ सय २५ मत ल्याएर विजयी बनेकी हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी सिंहले २ लाख १९ हजार १ सय ८ मत ल्याएका छन्। मालिनीले १ लाख ९० हजार २ सय १७ मतान्तरले चुनाव जितेकी हुन्।
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावी परिणाम भारतीय जनताको पक्षमा आएको दाबी गरेका छन् । अधिकांस स्थानमा बिजेपीले जित हाँसिल गर्दा उनले ‘भारतको फेरि पनि जित भयो’ भन्दै ट्विट गरेका छन् । सामाजिक सञ्जाल मार्फत सबैलाई बधाई समेत दिएका छन् ।

अप्रिल ११ देखि मे १९ सम्म भारतीय मतदाताहरूले संसद्को तल्लो सदन लोकसभाका ५४२ सदस्य चयन गर्नका लागि मतदान गरेका थिए

देशभरिका ९० करोड मतदातालाई निर्वाचनमा सहभागी गराउन विभिन्न सात चरणमा मतदान भएको थियो । आज बिहानदेखि मतगणना सुरु भएको छ ।

सम्पूर्ण मतपरिणाम आज बेलुकासम्म आउँने छ । अहिलेसम्म मोदीको दल भाजपाले ३४४, कांग्रेस आईले ८८ र अन्य गठबन्धनले ११० स्थानमा जित हात पारेका छन् । नतिजा आउँन बाँकि स्थानमा पनि बिजेपीले अग्रता लिईरहेको छ । सन् २०१४ को चुनावमा मोदीको दल भाजपाले २८२ सिट जितेको थियो ।

भाजपाले कमजोर प्रदर्शन गर्ने अपेक्षा गरिएका उत्तर प्रदेश, मध्यप्रदेश, राजस्थान जस्ता केही राज्यमा पनि भाजपाले नै अग्रता कायम गरेको छ । यो मत परिणामले भारतमा नरेन्द्र मोदी फेरि प्रधानमन्त्री हुने निश्चित भएको छ ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *