प्रियंका नभएर अन्जली लामा ! कान्समा नेपालको प्रतिनिधित्व गर्ने पहिलो सेलिब्रेटी

फ्रान्समा ७२ औँ कांस फिल्म फेस्टिभल गत १४ मे देखि संचालन भईरहेको छ । अहिलेसम्म ‘कान्स फिल्म फेस्टिभल २०१९’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पहिलोपटक अभिनेत्री प्रियंका कार्कीले पाएको भन्दै हामीले न्युज सम्प्रेषण गरेका थियौ। प्रियंकाले पनि नेपालको सहभागिता जनाउदै कान्समा आफु पहिलोपटक जान लागेको बताएकी थिइन्। तर नेपाललाई अन्तराष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने अवसर मोडल अन्जली लामाले पाएकी रहेछिन् । अन्जलीले अघिल्लो वर्ष सन् २०१८ को ७१ औ कान्स फिल्म फेस्टिभलमा क्याटवाक पनि गरिसकेकी रहेछिन ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *