आयो भिषण हावाहुरी, करीब २ सय घर उडायो, यस्तो छ पछिल्लो दुखद अवस्था

नवलपुर – देवचुली नगरपालिकामा मंगलबार राति आएको हावाहुरीले २ सय घरको छाना उडाएको छ ।
मनवीय क्षति भने छैन । हुरीसँगै असिनापानी परेको थियो । देवचुलीका मेयर पूर्णकुमार श्रेष्ठले टेलिफोनमा दिएको जानकारी अनुसार मंगलबार राति ८ बजेबाट शुरू भएको हावाहुरी र असिनाले २ सय घरको छानो उडाएको प्रारम्भिक अनुमान छ ।
देवचुली नगरपालिकाको ६, ७, ८, ९, ११, १२ र १४ नम्बर वडामा रहेका घरको टिन र खरको छानो उडाएको हो । बुधबार बिहान ९ बजेसम्मपनि असिना भुइमा देखिएको थियो ।
हावाहुरीले यति धेरै घरमा एकै पटक क्षति पुर्याएको योपहिलो पटक हो । हुरी पीडितको अवस्था बुझ्न मेयर सहितका जनप्रतिनिधि प्रभावित क्षेत्रमा खटिएका छन् ।
२ मिनेट मात्र आएको हावाहुरीले व्यापक क्षति पुगेको छ । २ दर्जन भन्दा बढी घरहरु बस्नै नमिल्ने भएको छ ।
सीतावास र मुण्डे क्षेत्र बढी प्रभावित छ । सीतावास क्षेत्रमा बाटाभरी बिजुलीको पोल ढलेर बाटो अवरुद्ध रहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष खीमानन्द भुसालले जानकारी दिए । प्रभावित क्षेत्रमा प्रहरी, रेडक्रसकर्मी र स्थानीय उद्दारमा खटेका छन् ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *