९ जनाको हत्या; ज्वाइँको संलग्नता हुन सक्ने आशंका

पाँचथर। पाँचथरको मिक्लाजुङ्मा भएको ९ जनाको हत्याको घटनामा मृतक परिवारकै ज्वाइँको संलग्नता हुन सक्ने आशंका गरिएको छ ।मानबहादुरको ससुराली परिवारसँग सम्बन्ध राम्रो थिएन । यही विवादका कारण हत्या भएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धानलाई त्यतै तिर केन्द्रित गरेको छ । दुई परिवारको ९ जनाको हत्या गरिएकोमा एक बालिका सीता खजुम भने भागेर बाँच्न सफल भएकी थिइन् । सीताले प्रहरीलाई दिएको बयानमा एक जना मात्र नकाबधारी आएको र ढोका खोल्नासाथ आक्रमण गरेको बताएकी थिइन् ।उनले प्रहरीलाई आक्रमणकारीको हुलिया समेत बताएकी थिइन् । उनले बताएको हुलिया झुण्डिएको अवस्थामा शव भेटिएका मानबहादुरसँग मिल्छ । मानबहदुरकी श्रीमतीले उनीसँग सम्बन्धविच्छेद गर्न चाहेकी थिइन् तर मानबहादुर यसका लागि तयार थिएनन्। आ फ्नी श्रीमतीलाई ससुराली परिवारले नै सम्बन्धविच्छेदका लागि उक्साएको उनलाई लाग्थ्यो त्यसैले उनी ससुराली परिवारसँग रुष्ट थिए । यही विवादका कारण उनैले हत्या गरेर पछि आफूले पनि आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ । ५ जनाको हत्या भएको परिवारमा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बूको हत्या भएको हो ।त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको छ । सीता खजुम भागेर बाँच्न सफल भएकी थिइन् । शेर्मा र फियाक नाताले ज्वाइँ–ससुरा हुन्।मृत्यु भएका बमबहादुर फियाकका ज्वाइँ मानबहादुर मोखिमले नरसंहार गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
एक स्थानीयका अनुसार रुखमा झुण्डिएर आत्महत्या गर्ने माखिम मृतक ७४ वर्षीय बमबहादुर फियाकका कान्छा ज्वाई हुन् । मानबहादुर र ३६ वर्षीया श्रीमती जस्मिता फियाकबीच विगत केही महिनादेखि पारिवारिक विवाद हुँदै आएको बताइएको छ । पारिवारिक विवादका कारण श्रीमती माइतीमा बस्दै आएकी थिइन् ।सामान्य परिवारका मानबहादुरको श्रीमतीसँग सम्बन्ध राम्रो नभएको र झगडा भइरहने गरेकाले सम्बन्ध विच्छेदको अन्तिम तयारी समेत चलिरहेको थियो । सामूहिक हत्या र मानबहादुरको आत्महत्या घटनाबारे सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यद्यपी अनुसन्धान कार्य भइरहेकाले प्रहरी यथार्थ बाहिर ल्याइसकेको छैन । काठमाडौं– जिल्ला प्रहरी कार्यालय

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *