टाउको जोडिएका सबा र पराहले भारतमा छुट्टा छुट्टै मतदान गरे

एजेन्सी । भारतमा टाउको जोडिएका सबा र पराह नाम गरेका दुई जनाले भारतमा जारी चुनावमा भोट हालेका छन् । यो भन्दा पहिला उनीहरुलाई एक मात्र भोट हाल्ने अधिकार रहेको थियो । तर यस पटक भने उनीहरुले फरक – फरक भोट हाल्न पाउने अधिकार पाएका छन् ।
सबा र पराहले यो पटक अलग अलग भोट हालेको भारतीय सञ्चाार माध्यमले जनाएको छ । भारतीय चुनाव आयोगले यसपालीको चुनावमा दुबै जनालाई छुट्टा छुट्टै मतदान गर्ने अधिकार दिएको हो । भारतको लोक सभा चुनाव २०१९ मा टाउको एकै ठाउँमा जोडिएको पटनाका सबा र पराहले उक्त अधिकार पाएका छन् । यसरी भोट दिन पाउदा उनीहरु निकै खुसि भएका छन् । उनीहरुले फरक फरक मतदाता पत्र पाएका छन् । उनीहरु दुबै आ – आफ्नो भोट हाल्न सफल भएका छन् ।
पटनामा मतदानलाई लिएर जागरुकता फैलाउनका लागि संचालन गरिएको ट्विटर हैंडलले सबा र पराहका तस्वीर ट्वीट गरेको मिडियाले जनाएको छ । उक्त तस्वीरमा दुबै जनाको हातमा आफ्नो पहिचान पत्रका साथै मतदानपछि औँलामा भोट हाल्दा लागेको मसी पनि देखिएको छ ।
२२ वर्ष अगाडि पटनामा सबा र पराह टोउको एकै ठाउँमा भएको जन्मिए । केही समय पहिले दिल्लीका एक अस्पतालमा अप्रेसन गरी अलग गर्न लागेको थियो । तर टाउको छुटाउन सफल भएन । दुबै जनाको टाउको जोडिएको छ तर अरु शरीर भने अलग अलग नै छ ।
अन्य समाचार
घरमै यसरी बनाउनुहाेस् १० प्राकृतिकऔषधी जसले दिनेछ जीवनदान
हाम्रो घरमा भएका खाद्यबस्तुबाट ‘एन्टिबायोटिक औषधी’ बनाउन सकिन्छ । हामी बिरामी हुँदा बजारमा पाइने ‘एन्टिबायोटिक’ खान्छौ, जुन लामो समयसम्म खाइयो भने, त्यसको उल्टो असर हाम्रो स्वास्थ्यमा पर्न थाल्छ । तर, यी १० यस्ता प्राकृतिक खानेकुरा जसमा एन्टिबायोटिक गुण हुन्छ । यी खानाले शरीरमा रोगसँग लड्ने शक्ति वृद्धि हुन्छ । यिनीहरुको कुनै साइडइफेक्ट हुँदैन ।
१, लसुन – लसुनमा ‘एलिसिन’ नामक तत्व पाइन्छ । जसले मुटुमा हुने समस्याबाट बचाउँन मद्दत गर्छ । खाली पेटमा एक केस्रा लसुनलाई महमा मिसाएर खाने गर्नुहोस् ।
२, मह – महमा पाइने ‘एन्टिओक्सिडेन्ट्स’ले संक्रमण हुनबाट बचाउँछ । कागती पानीमा थोरै मह घोलेर पुउने गर्नुपर्छ ।
३, दालचिनी – यसमा ‘सिनेमेल्डिहाइड’ पाइन्छ, जसले शरीरको ‘टोक्सिन्स’लाई भगाउँन मद्दत गर्छ । तरकारी वा सब्जीमा धोरै हाल्ने वा चियामा हालेर पिउने गर्नहोस् ।
४, बेसार – बेसारमा पाइने ‘करक्यूमिन’ले ‘इम्यूनिटी’ बढाउँन सहयोग पुर्याउँछ । सब्जीमा बाहेक दुध वा पानीमा हालेर पिउनुहोस् ।
५, सुन्तला – सुन्तलामा पाइने भिटामिन सीले रोगप्रतिरोधक क्षमता बढाउँन मद्दत गर्छ ।
६, तुलसी – यसमा पाइने ‘एन्टिआक्सिडेन्ट्स’ले मुटु सम्बन्धि समस्याबाट बचाउँछ । तुलसीलाई चियामा हालेर पिउन सकिन्छ ।
७, अदुवा – अदुवामा पाइने ‘जिन्जेरोल्स’ले क्यान्सरबाट बचाउँछ । अदुवालाई सब्जि वा चियामा हालेर पिउनुपर्छ ।
८, हरियो धनियाँ – यसमा पाइने ‘एन्टिओक्सिडेट्स’ले मधुमेहबाट बनाउँन मद्दत गर्छ । धनियाँको जुस बनाएर पिउनुहोस् ।
९, रातो खुर्सानी – यसरमा पाइने ‘केप्सिसिन’ले पनि रोगसँग लड्ने क्षमतालाई बढाउँन सहयोग गर्छ ।
१०, प्याज – प्याजमा पाइने ‘एन्टीबायोटिक, एन्टी इन्फ्लेमेटरी’ले जोर्नी दुख्ने समस्याबाट बचाउँन मद्दत गर्छ । प्याजलाई सलाद बनाएर खानु राम्रो मानिन्छ ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *