को बन्छ करोडपतिमा रवि लामिछाने ( हेर्नुहोस् भिडियो )

काठमाडौं ५ जेठ ।
मुस्कान / महानायक राजेश हमालले संचालन गर्ने को बन्छ करोडपतिको आजको अंकमा सञ्चारकर्मी रवि लामिछाने उपस्थित भएका छन् । गत हप्ता रेकर्ड गरिएको रवि लामिछानेको कार्यक्रमलाई दर्शकले निकै नै प्रतीक्षा गरेको थियो ।
हरेक हप्ता शनिबार ,आइतबार , सोमबार बेलुकी ८: ३० बजे बाट एपिवान टेलिभिजनमा प्रसारण हुने कार्यक्रमको बहुसंख्य दर्शकले प्रतिक्षा गरिरहेको अंक हो आजको । आजको एपिसोडमा चर्चित संचारकर्मी रवि लामिछाने को बन्छ करोडपतिको हट सिटमा बसेर महानायक सँग पश्नको सामना गरिरहेको छ ।
पछिल्लो समय नेपालमा निकै चर्चामा रहेको रियालिटी शो ‘ बन्छ करोडपति ‘ हरेक चोक, गल्ली र शहर गाउमा हेरिने यो कार्यक्रम बिदेशी कार्यक्रम KBC को नेपाली भर्सन हो। अन्तरास्ट्रिय रियालिटि शो “who wants to be millionaire” हुदै भारतमा ‘ कौन बनेगा करोडपति ‘ हुदै नेपाली भर्सनमा आइपुग्दा “को बन्छ करोडपति” बनेर प्रसारण हुदै आएको हो। जसको संचालन महानायक राजेश हमालले गर्ने गरेका छन्।
निकै चर्चामा रहेको यो कार्यक्रमले धेरैलाई लखपति बनाइसकेको छ भने गत हप्ता पहिलो करोडपति ठुलो पुरस्कार धनराशि १ करोड जित्ने बिजेता समेत घोषणा गरिसकेको छ । एक करोड बिजेता हुन् बिराटनगरका राजीव जैन …
रबि लामिछाने यस कार्यक्रममा सहभागी हुनुक‍ो मुल उदेश्य निर्माणाधीन कर्णालीको रास्कोट सामुदायिक अस्पताललाई सहयोगको लागि कार्यक्रममा भाग लिएको बताउँदै आएका छन् ।
यहि जेठ ३ गते पुर्व चलचित्र विकाश बोर्ड अध्यक्ष निकिता पौडेल सँग परम्परागत रुपमा वैवाहिक बन्धनमा बाधिएका सञ्चारकर्मी रवि लामिछा सहभागी भएको को बन्छ करोडपति कार्यक्रम धेरै दर्शकको प्रतिक्षामा थियो तर अब भने प्रतीक्षा समाप्त भएको छ

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *