नेपालकै पहिलो महिला डोजर चालिका मुना श्रेष्ठको कहालीलाग्दो कहानी

काठमाडौं ५ जेठ।तनहुँ खैरेनीकी मुना श्रेेष्ठ नेपालकै पहिलो डोजर चलाउने महिला हुनुहुन्छ । घरव्यवहार र चुल्होचौका छोडेर डोजर चलाउनु उहाँका लागि सहज थिएन । महिलाले पनि गाडी चलाउँछ र ? भनेर प्रश्न गर्ने समाजमा डोजर जस्तो हेभी गाडी चलाउनु निकै चुनौतीपूर्ण थियो । तर पनि उहाँले हिम्मत हार्नुभएन ।डोजर चलाउन घर बाहिर निस्कँदा उहाँका बुबाआमालाई तिम्रो छोरी त बिग्रने भई भन्थे । तर मुना नेपालकै पहिलो डोजर चालिका भनेर संचारमाध्यममा आउन थालेपछि भने गाउँलेले पनि सम्मान गर्न थालेका छन् ।छोरा नभएका बुबाआमाका लागि सहारा बन्ने उदेश्यले उहाँलाई घर बाहिर डोर्‍यायो र नेपालको पहिलो डोजर चालिकाको रुपमा पहिचान बनाउन सफल हुनुभयो | अलिकति ईखले, अलिकति आफ्नो लगाव र मेहनतले नेपालकै पहिलो डोजर चालिकाको रुपमा नाम बनाएँ, गर्नलाई त छोरीलाई अरु नै काम छुट्याएको छ समाजले, तर मेरो विद्रोही स्वभावले मलाई समाजले छुट्याएको सीमामा भित्र खुम्चिएर रहन दिएन त्यसैको परिणाम अहिले सबैले नेपालकै पहिलो डोजर चालिका भनेर चिन्छन्’ मुनाले भन्नुभयो ।
आफू पनि छोरा सरह आमाबुवा पाल्न सक्छु भन्ने भावना उहाँमा सानैदेखि थियो । छोरीले चुल्हो चौकामा मात्र बस्नुपर्छ, घरको मात्र काम गर्नुपर्छ भन्ने कुराको विद्रोह गर्दै उहाँले आफूलाई समाजमा अरु महिला भन्दा पर राख्नुभयो । छोराले जस्तै काम छोरीले पनि गर्न सक्छे भन्ने विद्रोही स्वभाव र समाजका अगाडि केही गर्ने सोंचले नै उहाँलाई डोजरसम्म पुर्‍यायो ।‘डोजर चलाउन सिक्नका लागि घरबाट बाहिर निस्कँदा पनि समाजले अनेक कुरा काटे बुवाआमालाई तेरो छोरी त बिग्रने भई भनेर कतिले भने तर मैले आफ्नो लक्ष्य छोडिन, कुरा काट्नेको कुरा सुनेको भए आज म यहाँ हुँदैनथिएँ’ उहाँले भन्नुभयो । तर अहिले पाएको सम्मान र मायाले पहिलेको कुरालाई बिर्साईदिएको उहाँको भनाई छ ।
सुरुवात गर्न गाह्रो:कुनै पनि कामको सुरुवात गर्दा त्यसको आलोचना त हुने गर्छ नै । आलोचनादेखि डराएर भाग्ने पनि कति हुन्छन् हाम्रो समाजमा । तर घिमिरेले आलोचनालाई आफ्नो शक्तिमा बदल्नुभयो । जसले उहाँको परिचयलाई नै बदलिदियो । परिवारको साथले पनि उहाँलाई यस क्षेत्रमा लाग्न सहज भयो ।‘कुनै पनि काम सुरु गर्न गाह्रो नै हुन्छ । नेपालजस्तो पुरुष प्रधान देशमा स्टेरिङ् घुमाउनु भनेको त्यतिबेला सजिलो थिएन । त्यो पनि डोजरको ।कति गाह्रो भयो, त्यसको कुनै लेखाजोखा नै छैन । सबैले कुरा काट्थे, परिवारबाहेक साथ दिने कोही थिएनन् । घर परिवारको साथ र सहयोग नभएको भए सायद मैले यो काम गर्न सक्दैनथें’ घिमिरेले भन्नुभयो ।उहाँका अनुसार कामको सुरुवात गर्दा उहाँलाई हेप्ने र कुरा काट्ने धेरै थिए । महिला पनि ड्राईभर ? पढ्न सकिन अनि ड्राईभर हुन गई भन्ने पनि थिए ।तर उहाँले यस्ता कुरालाई ध्यान नै दिनुभएन । निरन्तर मेहनत गर्नुभयो र पहिलो डोजर चालिकाको रुपमा चिनिनुभयो । पहिला कुरा काट्नेहरु पनि अहिले उहाँको नजिक हुन खोज्छन् ।
अहिले उहाँ सडक विभागमा कार्यरत हुनुहुन्छ । चाहना र मेहनतको फल ‘पहिलो महिला डोजर चालिका’मेसिन चलाउने जस्तो काम । गाडी तथा टेम्पो चलाउन पनि गाह्रो हुने समाजमा डोजर जस्तो ‘हेभी मेसिन चलाएर’ पुरुषसँग प्रतिस्पर्धा गर्नु भनेको सानोतिनो कुरा थिएन । तर पनि उहाँ पछि भने हट्नुभएन ।‘अहिले त लोकसेवा आयोगले परिक्षामा सोध्ने प्रश्नमा पनि पहिलो डोजर चालिका भनेर मेरो नाम छ । प्रतिभाको खोजी भन्ने पुस्तकमा पनि मेरो नाम छ । मेरो निरन्तरको मेहनतले नै मैले नाम पाएँ । नत्र भने त कहाँ गुमनाम हुन्थें होला’ मुनाले भन्नुभयो । अहिले उहाँ नेपालको एक मात्र डोजर चालिकाको रुपमा रहनुभएको छ भने सडक विभागमा उहाँ स्थायी जागिरे पनि हुनुहुन्छ । उहाँका अनुसार सरकारी जागिर उहाँको लागि एउटा अवसर र चुनौती पनि हो ।
जागिरकै सिलसिला उहाँ भारतको गुजरातसम्म पनि पुग्नुभयो । गुजरातमा शाहसी महिला भन्दै गुजरात सरकारले सम्मान पनि गर्‍यो । तलब १ लाख भन्दा बढी थियो । स्थायी जागिर दिन भारत सरकार तयार पनि थियो तर उहाँलाई यी कुनै पनि कुराले भारतमा रोक्न भने सकेन । आफ्नै देशमा आएर महिला दिदीबहिनीको प्रतिनिधित्व गर्ने उद्देश्यले नेपालमा नै फर्कनुभयो । ‘कसैले मबाट केही सिकोस् भन्ने लाग्छ । मलाई आईडल पर्सन बन्न मन छ । पैसा मात्र सबै चिज होईन । त्यसैले नेपाल नै आएँ’ उहाँले भन्नुभयो ।उहाँसँग नेपालका अफ्ठ्यारा ठाउँमा पनि गएर भित्ता खोपेको अनुभव छ । बाटो बन्द हुँदा साँझ बिहान नभनी बाटो खुलाउन हिँडेको अनुभव छ । ‘त्यसैले त मैले एक हिसाबले समाज सेवा गरे जस्तो लाग्छ, समाजमा आफ्नो पनि केही योगदान छ जस्तो लाग्छ’ उहाँ भन्नुहुन्छ

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *