१८ घण्टा लामो ध्यानबाट निस्केका मोदीले दिए यस्तो जवाफ

एजेन्सी- उत्तराखण्डस्थित केदारनाथ मन्दिरको गुफामा १८ घण्टा लामो ध्यानमा बसेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले भगवानसँग केही नमागेको बताएका छन्।
लोकसभाको चुनाब प्रचार प्रसार सकेर ध्यानमा बसेका मोदीले केही नमागेको बताएका हुन् ।उनले पत्रकारलाई जवाफदिँदै भने ‘भगवानसँग माग्ने प्रवृत्तिसँग म सहमत पनि छैन।’ लामो अन्तरालपछि ध्यानको विशेष अनुभव प्राप्त गर्न पाएको भन्दै उनले खुसी व्यक्त गरेका छन् ।
समचारमा जनाइए अनुसार मोदी ध्यानमा बसेको गुफामा टेलिफोन र वाइफाईसहित शौचालय तथा अन्य आधारभूत सुविधा उपलब्ध थियो । केदारनाथमा पूजा गरेर उनी आइतबार सबेरै बद्रिनाथ पुगेका छन्।
अन्य समाचार
घरमै यसरी बनाउनुहाेस् १० प्राकृतिकऔषधी जसले दिनेछ जीवनदान
हाम्रो घरमा भएका खाद्यबस्तुबाट ‘एन्टिबायोटिक औषधी’ बनाउन सकिन्छ । हामी बिरामी हुँदा बजारमा पाइने ‘एन्टिबायोटिक’ खान्छौ, जुन लामो समयसम्म खाइयो भने, त्यसको उल्टो असर हाम्रो स्वास्थ्यमा पर्न थाल्छ । तर, यी १० यस्ता प्राकृतिक खानेकुरा जसमा एन्टिबायोटिक गुण हुन्छ । यी खानाले शरीरमा रोगसँग लड्ने शक्ति वृद्धि हुन्छ । यिनीहरुको कुनै साइडइफेक्ट हुँदैन ।
१, लसुन – लसुनमा ‘एलिसिन’ नामक तत्व पाइन्छ । जसले मुटुमा हुने समस्याबाट बचाउँन मद्दत गर्छ । खाली पेटमा एक केस्रा लसुनलाई महमा मिसाएर खाने गर्नुहोस् ।
२, मह – महमा पाइने ‘एन्टिओक्सिडेन्ट्स’ले संक्रमण हुनबाट बचाउँछ । कागती पानीमा थोरै मह घोलेर पुउने गर्नुपर्छ ।
३, दालचिनी – यसमा ‘सिनेमेल्डिहाइड’ पाइन्छ, जसले शरीरको ‘टोक्सिन्स’लाई भगाउँन मद्दत गर्छ । तरकारी वा सब्जीमा धोरै हाल्ने वा चियामा हालेर पिउने गर्नहोस् ।
४, बेसार – बेसारमा पाइने ‘करक्यूमिन’ले ‘इम्यूनिटी’ बढाउँन सहयोग पुर्याउँछ । सब्जीमा बाहेक दुध वा पानीमा हालेर पिउनुहोस् ।
५, सुन्तला – सुन्तलामा पाइने भिटामिन सीले रोगप्रतिरोधक क्षमता बढाउँन मद्दत गर्छ ।
६, तुलसी – यसमा पाइने ‘एन्टिआक्सिडेन्ट्स’ले मुटु सम्बन्धि समस्याबाट बचाउँछ । तुलसीलाई चियामा हालेर पिउन सकिन्छ ।
७, अदुवा – अदुवामा पाइने ‘जिन्जेरोल्स’ले क्यान्सरबाट बचाउँछ । अदुवालाई सब्जि वा चियामा हालेर पिउनुपर्छ ।
८, हरियो धनियाँ – यसमा पाइने ‘एन्टिओक्सिडेट्स’ले मधुमेहबाट बनाउँन मद्दत गर्छ । धनियाँको जुस बनाएर पिउनुहोस् ।
९, रातो खुर्सानी – यसरमा पाइने ‘केप्सिसिन’ले पनि रोगसँग लड्ने क्षमतालाई बढाउँन सहयोग गर्छ ।
१०, प्याज – प्याजमा पाइने ‘एन्टीबायोटिक, एन्टी इन्फ्लेमेटरी’ले जोर्नी दुख्ने समस्याबाट बचाउँन मद्दत गर्छ । प्याजलाई सलाद बनाएर खानु राम्रो मानिन्छ ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *