यी हुन् थकाइ कम गर्ने उपाय

पानी पर्याप्त पिउनुहोस्
कामको चक्करमा धेरैले पानी पिउन भुल्छन्। तिखा लाग्नु भनेको शरीरले पानीको मात्रा असाध्यै कम महसुस गर्नु हो। त्यसैले तिर्खा नकुरेर पानी पिइरहन जरुरी हुन्छ। खेल चिकित्सक गडसन भन्छन्, ‘अक्सिजन र पोषक तत्व मांशपेशीमा पु¥याउन पनि पानीको जरुरी छ।’ यति मात्रै होइन, पानीको कमीले रगत बाक्लो बनाउँछ। मुटलाई कुशलतापूर्वक रगत पम्प गर्न रगतमा पानीको मात्रा पर्याप्त हुन जरुरी हुन्छ।
आइरनको सेवन जरुरी
आइरन शरीरका लागि अत्यावश्यक तत्व मध्य पर्छ। यदि यसको कमी भयो भने पनि साह्रै थकित महसुस हुन सक्छ। एकदमै चिडचिडाहट, कमजोर र एकाग्र हुन सकिएको छैन भने बुझ्नुहोस् शरीरमा आइरनको मात्रा कम हुँदै गएको छ। त्यसैले पात भएका तरकारी, मेवा, दही लगायतको सेवन गर्नु राम्रो हुन्छ।
खाजाको परिकार
ना शरीरका लागि ईन्धन हो। जस्तो गाडीको इन्जिनमा शुद्ध तेल प¥यो भने सहज ढंगले कुद्छ। त्यसैगरी मानव इन्जिनमा पनि ईन्धन सफा पर्नुपर्छ। विशेष गरी काम गरेर थाकेको र भोकाएको अवस्थामा खानेकुरा खाँदा होस पुर्याउनुपर्छ। दिउसोको खाजामा एकदमैं धेरै तरल पदार्थ पाइने खाजा खाँदा थकाइ कम हुन सक्छ। मासुजन्य र कार्बाेहाइडेड अधिक भएको खाजाले भोक त मेट्छ तर थकाइ बढाउन सक्छ।
यो पनि पढ्नुस
अमला खानुहोस् निरोगी बन्नुहोस्-
एउटा अमलामा ६ सय मिलि ग्राम भिटामिन सी पाइन्छ भन्ने अनुसन्धानबाट पत्ता लगएको हो । अमलामा पानीको मात्रा हुन्छ, जसले पिसाबसम्बन्धी समस्या हटाउन मद्दत गर्ने अध्ययनले जनाएको छ ।
अमलाले अनावश्यक नुन, एसिडलाई पिसाबका माध्यमबाट बाहिर निकाल्ने हुँदा युरिक एसिड, किड्नीको समस्यालाई केही राहत मिल्छ । यो खाँदा नराम्रो कोलेस्ट्रोलको स्तर कम हुन्छ र हृदय रोगबाट बच्न सहयोग गर्दछ । अमला खाँदा शरिरमा मेटाबोलिजम बढ्छ र तौल निकै तिब्र रुपमा कम हुन थाल्छ ।
अमलामा फाइबर हुन्छ जसले पाचन प्रक्रियालाई सन्तुलनमा राख्छ । यो खाँदा कब्जियतको समस्या हट्छ । अमलामा भिटामिन सीको मात्रा अत्यधिक हुने भएकाले तपाईंको शरिरलाई ऊर्जावान् राख्न सहयोग गर्दछ । यसले कमजोरी पनि टाढा राख्छ । यो खाँदा शरिरको टक्सिन टाढा रहन्छ र अनुहारको चमक बढाउन सहयोग गर्दछ ।
क्याल्सियम, प्रोटिन भिटामिन, मिनरल्सलगायत विभिन्न पोषक तत्व हुन्छन् । जसले हाम्रो शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुर्याउँछ । कपालका लागि झनै उपयोगी हो । यसले कपाल बाक्लो, कालो र चम्किलो बनाउँछ । साथै, टुक्रिनबाट समेत कपाललाई रोक्छ ।अमलाले आँखाको ज्योति बढाउने मात्र होइन, अमलाको नियमित सेवनले रतन्धो हुन दिँदैन ।
अमलाको सेवनले निद्रा नलाग्ने समस्या हटेर जान्छ । साथै, ब्लडसुगर नियन्त्रण गर्छ ।अमला खाँदा कब्जियत, अपच, डाइरियाजस्ता समस्या हटेर जान्छ ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *