एउटा अदभुत सत्य घटना टाउको काटेको १८ महिना सम्म कुखुरा बाँचिह्यो

टाउको काटेको १८ महिना सम्म कुखुरा बाँचिह्यो भन्ने थाहा पाउँदा तपाइलाई अचम्म लाग्न सक्छ । भएको छ त्यस्तै । तर, नेपालमा होइन् अमेरिकामा ।अमेरिकामा ७० वर्ष पहिले घटेको घटना हो । त्यहाँका एक किसानले एक कुखुराको टाउको छिनालिदिए । तर त्यो कुखुरा १८ महिना सम्म बाँचिरह्यो । अचम्म त झन यो भयो की, उक्त कुखुरा ‘मिराकल माइक’को नाममा संसारभरी चर्चित भयो ।
टाउको छिनालेपछि पनि कसरी बाचिरह्यो त ?
१० सेप्टेम्बर १९४५ मा कोलोराडोस्थित फ्रुटा फार्ममा लयड ओल्सेन र उनकी श्रीमती क्लारा कुखुरा काटिरहेका थिए । त्यसदिन उनीहरुले ४०–५० वटा कुखुरा काटेका थिए । तर, एउटा कुखुरा भने टाउको काटिएपछि पनि बाँचिरह्यो । ओल्सेन र क्लाराको छोरा वार्टस भन्छन् ‘जब आफ्नो काम सकेर मासु उठाउन लागेका थिए, तब काटेर राखिएको कुखुराको बीचमा एउटा घाँटी काटेको कुखुरा टाउको विना दौडिरहेको थियो ।’
उनीहरुले उसलाई स्याउको बाकसमा बन्द गरिदिए । तर अर्कोदिन लयड ओल्सनले राखेको ठाउँमा हेर्न जाँदा कुखुरा बाँचिरहेको थियो । उनी यो देखेर अचम्म परे । बाल्यकालमा ओल्सनले आफ्नो जिजुबुवाबाट यस्तो कथा मात्र सुनेका थिए ।
अमेरिकाको फ्रुटामा हरेक वर्ष ‘हेडलेस चिकन’ महोत्सब मनाईन्छ । वार्टस भन्छन् ‘उनीहरु मासु बजारमा मासु बेच्नका लागि लिएर गए । उनले आफ्नो हातमा ‘हेडलेस कुखुरा’ पनि लिएर गए । त्यतिबेला घोडा गाडी हुन्थ्यो । बजारमा यस्तो अनौठो कुखुरा देखेपछि बियर र अरु केही चिजहरुसँग शर्त लगाउन थाले ।’
यस्तो कुरा छिट्टै फ्रुटामा फैलियो । एक स्थानीय समाचारले लयडको अन्तवार्ता समेत लियो । केही दिनपछि एक साइड शोका प्रमोटर होप वेड ३०० किलोमीटर टाढा युटा प्रान्तको साल्ट लेक सिटीबाट आए र लयडलाई आफ्नो शो मा निम्ता दिए ।
लउड साल्ट लेक सिटी गए । फेरि युटा विश्वविद्यालयमा पुगे । जहाँ कुखुरा ‘माइक’ को जाँच गरियो । हल्ला यो फैलियो की विश्वविद्यालयका बैज्ञानिकहरुले त्यहाँ धेरै कुखुरा काटेर यो पत्ता लगाउन खोजे की, टाउको विना कुखुरा बाँच्न सक्छ की सक्तैन् भनेर । माइकको नाम ‘मिराकल माइक’ भनेर होेप वेडले नै नाम राखिदिए । त्यसको बारेमा ‘लाइफ म्यागेजीनले स्टोरी पनि बनायो ।
त्यसपछि लयड र क्लारा टाउको काटेको माइकलाई लिएर अमेरिकाको भ्रमणमा निस्किए । उनीहरु क्यालिफोर्निया, एरिजोना र अमेरिकाको दक्षिणपूर्वि राज्यमा गए । माइकको यस यात्राबारे क्लाराले नोटबुकमा लेखेकी थिइन् जुन आज पनि वाटर्सको साथमा रहेको छ ।
तर, लयड जब १९४७ मा एरिजोनाबमे फीनिक्समा पुगे त्यही नै माइकको मृत्यु भयो । माइकलाई सधै ड्रपबाट जुश लगायत खान दिइन्थ्यो । माइकको भोजन नलीलाई सिरिंजबाट सफा गरिन्थ्यो । ताकी घाटी नभरियोस् भनेर । तर, एकरात सिंरिज कार्यक्रममै भुलेको हुनाले अर्कोको व्यवस्था गर्दा गर्दै माइकको मृत्यु भयो ।
वार्टस भन्छन्, ‘वर्षौसम्म लयडले यो दावा गरिरहे की, उनले माइकलाई बेचिदिएका थिए भनेर । तर, एक रात उनले मलाई सत्यता बताए माइकको मृत्यु भयो ।’
१८ महिनाँ हेडलेस भएर पनि बाँचिरहेको कुखुराले लयडको आर्थिक स्थितिमा पनि सुधार ल्याएको बताइन्छ । बिबिसी

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *