नेयमार र एमबाप्पेलाई भित्र्याउन रियलले पिएसजीलाई तीन खेलाडी दिन तयार

काठमाडौंः पछिल्लो समय स्पेनिस क्लब रियल मड्रिडले पेरिस सेन्ट जर्मेन (पिएसजी)का नेयमार वा केलिएन एमबाप्पेलाई अनुबन्ध गर्न चाहेको खबर सार्वजनिक भइरहेका छन् ।
यही अवस्थामा रियलले पिएसजीलाई नेयमार र एमाबप्पेका लागि तीन खेलाडी दिन तयार रहेको खबर सार्वजनिक भएको छ । स्पेनिस मिडियाका अनुसार रियलले पिएसजीलाई टोनी क्रुस, इस्को र ग्यारेथ बेल दिन तयार भएको हो ।
जारी सिजनमा इतिहासकै खराब लयबाट गुज्रिरहेको रियल आगमी सिजनमा घरेलु लिगसँगै च्याम्पियन्स लिग जित्ने प्रयासमा हुनेछ । त्यसका लागि बलियो टोली निर्माण गरिने प्रशिक्षक जिनेदिन जिदानले बताउँदै आएका छन् । रियलले पोर्टोका डिफेन्डर मिलिटाओलाई अनुबन्ध गर्ने निश्चित भएको छ भने चेल्सीका इडेन हार्जाडलाई अनुबन्ध गर्ने अन्तिम तयारी गरिरहेका छ ।
बेल, इस्को र क्रुसको प्रर्दशन सन्तोषजनक नरहेको अवस्थामा रियलले नेयमार वा एमबाप्पे मध्ये एकलाई अनुबन्ध गर्न तीन खेलाडी दिने प्रस्ताव अघि सारेको बताइएको छ ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *