भाइलाई भेट्न मुम्बई जाने क्रममा एक नेपाली महिला बलात्कृत

काठमाण्डौ / नेपालकी एक २४ वर्षीया महिला दिल्लीमा सामूहिक बलात्कारको शिकार भएकी छिन्। काठमाण्डौबाट आफ्नो भाइलाई भेट्न मुम्बई जाने क्रममा ती महिला चारजना पुरुषबाट बलात्कृत भएकी हुन्। दिल्ली प्रहरीले ती चार जना पुरुषविरुद्ध मुद्दा दर्ता गरेको छ।
ती महिलाले आफूलाई बलात्कार गर्ने पुरुषहरुको नाम पनि प्रहरीलाई दिएकी छिन्। उनले ती पुरुषमध्ये एक जनाको फोन नम्बर पनि प्रहरीलाई दिएकी छिन्। पीडित महिलाले आफू काठमाण्डौबाट आएको बताएकी छिन्। उनी शनिबार नै दिल्ली पुगेकी थिइन्। उनी दिल्लीबाट मुम्बईको लागि रेल चढ्ने तयारीमा थिइन्। तर उनको मुम्बई जाने रेल छुट्यो।
उनले मुम्बई प्रहरीलाई दिएको बयानमा भनिएको छ, ‘म दिल्लीको द्वारका नजिकको एक बजारमा थिएँ। त्यहाँ एकजना पुरुषसँग भेट भयो र उनले मलाई शहरसम्म पुग्नको लागि सहयोग गर्छु भने। पीडित महिलालाई ती पुरुषले केही समय आराम गर्न भन्दै एउटा घरमा लिएर गए। घरमा पुगेपछि ती युवकले उनीमाथि यौन दुर्व्यवहार गर्न थाले। पछि उनले आफ्ना तीन जना साथीलाई बोलाए र बलात्कार गरे।’
बलात्कृत भैसकेपछि उनी लरखराउँदै रेलमा चढेर मुम्बईसम्म आइपुगेको प्रहरी अधिकारीले भारतीय सञ्चारमाध्यमलाई बताएका छन्।
घटनाका सबै विवरण र पीडकको फोन नम्बर दिल्ली पुलिसलाई दिएको र दिल्ली पुलिसले नै घटनाको अध्ययन, अनुसन्धान गर्ने ओशिवारा पुलिस थानाका एक प्रहरी अधिकारीले जानकारी दिए । एजेन्सी
काठमाण्डौ / नेपालकी एक २४ वर्षीया महिला दिल्लीमा सामूहिक बलात्कारको शिकार भएकी छिन्। काठमाण्डौबाट आफ्नो भाइलाई भेट्न मुम्बई जाने क्रममा ती महिला चारजना पुरुषबाट बलात्कृत भएकी हुन्। दिल्ली प्रहरीले ती चार जना पुरुषविरुद्ध मुद्दा दर्ता गरेको छ।
अन्य समाचार
दुर्गम क्षेत्रमा कर्मचारी नहुने अवस्था आइलाग्यो
काठमाडौँ । सरकारले कर्मचारी समायोजनका क्रममा सङ्घमा दरबन्दी धेरै राखेकाले दुर्गम स्थानका कतिपय स्थानीय तह कर्मचारीविहीन हुने अवस्थामा पुगेका छन् ।
सरकारले कर्माचारी समायोजन गर्दा गाउँ पालिकाका ७५ प्रतिशत कर्मचारी अन्यत्र गएको भनाइ स्थानीय तहका प्रतिनिधिको छ । समायोजनका क्रममा सङ्घ र प्रदेशमा धेरै दरबन्दी भएका कारण दुगर्म स्थानको स्थानीय तहमा कार्यरत कर्मचारीले पनि सुगममा रोजेकाले यस्तो अवस्था आएको हो ।
स्थानीय र प्रदेश तहमा कर्मचारिलाई आकर्षित गर्न सरकारले कर्मचारी समायोजन ऐनमा तह बृद्धिदेखि ग्रेड थप समेत गर्ने निर्णय गर्यो तर पनि अहिले स्थानीय र प्रदेश तह कर्मचारीका लागि आकर्षक बन्न नसकेको हो । गोरखापत्र दैनिकमा खबर छ ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *