भागेर प्रेम बिहे गरेका जोडीको श्रीमान्‌ले श्रीमतीलाई एसिड प्रहार

६ वर्षअघि गरेको प्रेम बिहेको यस्तो नराम्रो अन्त्य होला भन्ने कसैले सोचेको पनि थिएन । आफ्नै श्रीमान्‌ले एसिड प्रहार गरेर गम्भीर अवस्थामा पुगेकी युवतीलाई थप उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको छ। उनको अवस्था चिन्ताजनक रहेको महानगरीय प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।
बनेपा बस्दै आएका विष्णु भुजेलले त्‍यहाँबाटै एसिड बोकेर ल्‍याएको र कालोपुलस्थित माइतीमा बस्दै आएकी श्रमतीलाई काम छ भनी बाहिर बोलाएर एसिड प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।
रक्सी सेवन गरेर आएका भुजेलले पत्नीसँगको मनमुटावका कारण एसिड प्रहार गरेको जानकारी प्रहरीसँगको प्रारम्भीक बयानमा दिएका छन् । अनुहार, छातीलगायत शरीरका महत्वपूर्ण भागमा जलेर हेर्नै नहुने भएकी युवतीको अवस्था चिन्ताजनक रहेको प्रहरीले दिएको छ ।
भुजलले ती युवतीसँग ६ वर्षअघि नै भगाएर बिहे गरेका थिए। सम्बन्धमा केहि कटुता आएपछि ती युवती विगत २ वर्षदेखि श्रीमान संग छुट्टै बस्दै आएकी थिइन् । श्रीमती आफुसंग जान न खोज्दा रिसमा चुर भएर एसिड आक्रमण गरेको उनि स्वीकारछन् ।
अन्य समाचार
महिलाहरुले श्रृंगार गर्दा भुलेर पनि नगर्नुस् , यी ५ गल्तीहरु
काठमाडौ । महिलाहरु हरेक चाडपर्व र कार्यक्रममा निस्कनुअघि श्रृंगार गरेर राम्रो भएर मात्रै निस्कछन् । त्यसैले पुरुषहरु भन्दा महिलाहरुलाई सजिदा बढी समय लाग्छ ।यो प्राकृतिक कुरा नै हो ।
धर्म शास्त्रको अनुसार पनि महिलाहरु विशेष दिनमा सोह्र सिंगारले सजिएर हिड्दा घरमा सुख , शान्ति छाउने विश्वास रहेको छ ।
तर यदि महिलाहरुले श्रृंगार गर्दा कुनै गल्ति भएमा लक्ष्मीको प्रकोप भई त्यसले परिवारमा ठूलो नोक्सान पुयाउने शास्त्रमा बताएको छ । त्यसैले महिलाहरुले श्रृंगार गर्दा भुलेर पनि यी ५ गल्तीहरु गर्नुहुदैन् ।
पहिलो कुरा महिलाहरुले श्रृंगारमा सिन्दुर र विन्दी लगाएर मात्र हिड्नुपर्छ । यदि नलगाएमा शास्त्रमा अशुभ मानिन्छ ।-दोस्रोमा शिरमा विन्दी ज्वालेरी पहिरियरमा मात्र हिड्नुपर्छ । शिरमा पहिरिदा जीवनमा सधै सुख र शन्ति मिल्नेछ ।
तेस्रोमा श्रृंगारमा हातमा चुरा नलगाएमा अशुभ मानिन्छ । यस्तो गरेमा घरमा अशान्ति छाउछ ।
चौथोमा धार्मिक शास्त्रको अनुसार महिलाहरुले लगाउने मंगलसुत्रलाई एक पवित्र गहना मान्ने गरिन्छ । जुन लगाएर हिड्दा आफ्नो पतिको लामो आयु हुने विश्वास रहेको छ ।
पाचौमा महिलाहरुले खुट्टामा औठी लगाउनुपर्छ । यसको वैज्ञानिक कारण समेत रहेकाले औठी चाँदीको लगाउनु राम्रो मानिन्छ ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *